कीवर्डहरू -

नेपालमा आयन भी ईभी सार्वजनिक

नेपालमा आयन भी ईभी सार्वजनिक

सीजी मोटर्सले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात आयन भीको नेपालमा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रमकाबीच आयन सार्वजनिक गरिएको छ । 

चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाण कुमार चौधरीले गरेको सार्वजनिक गरेका थिए । कार्यक्रममा आयनका प्रमुख पदाधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो, जसमा एशियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङको उपस्थिति रहेको थियो। 

आयनले चीनमा गुणस्तरको हिसाबले नं. १ ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरेको छ। उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ।  

आयन भीको मूल्य इलाइट भर्जनको ६४ लाख ९९ हजार रूपैयाँ राखेको छ भने लक्जरी भर्जनको ६९ लाख ९९ हजार रूपैयाँ राखेको छ। आयनको शोरूम थापाथलीमा गएर थप जानकारी लिन वा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ।