हालै एलन मस्क ले एक पोस्टमार्फत जानकारी दिएका छन् कि विद्यार्थीहरूका लागि सुपरग्रोक निःशुल्क रूपमा उपलब्ध गराइएको छ । तर यस अफरसँग केही शर्तहरू पनि जोडिएका छन्, जुन जान्न आवश्यक छ । एक्सएआईका इन्जिनियर आर्नो गाउले अर्को पोस्टमा स्पष्ट पारेका छन् कि विद्यार्थीहरूले ग्रोक डट कममा सुपरग्रोक सेवा दुई महिनाका लागि मात्र निःशुल्क प्रयोग गर्न पाउनेछन्, त्यो पनि तब मात्र जब उनीहरूले .इडीयू इमेल आईडीमार्फत लगइन गर्नेछन् ।
ध्यान दिनुपर्ने कुरा के हो भने .इडीयू डोमेन केवल अमेरिका भित्रका विश्वविद्यालयहरूलाई दिइन्छ । त्यसैले नेपाललगायत अन्य देशमा अध्ययनरत विद्यार्थीहरूका लागि यो सुविधा हाललाई उपलब्ध छैन् । यद्यपि गाउ ले संकेत गरेका छन् कि निकट भविष्यमा उनीहरूले अन्य देशका “इडीयू–जस्तै“ इमेल ठेगानालाई पनि समर्थन दिन सुरू गर्नेछन् ।
गाउको पोस्टमा धेरै विद्यार्थीहरूले प्रतिक्रिया जनाउँदै भनेका छन् कि आफूसँग .इडीयू इमेल भए पनि सुपरग्रोक मा रजिस्ट्रेसन गर्न समस्या भइरेको छ । यस्तो अवस्थामा गाउले सुझाव दिएका छन् कि जो कसैलाई साइनअपमा समस्या भइरेको छ भने, एक्सएआई सपोर्ट टिमसँग सम्पर्क गर्नुपर्छ ।
सुपरग्रोक के हो?
सुपरग्रोक, वास्तवमा एक्स प्रिमियम प्लस (एक्स प्रिमियम+) सब्सक्रिप्शनकै एक संस्करण हो, जुन विशेष गरी ग्रोक एआई च्याटबोट प्रयोग गर्न चाहनेहरूका लागि बनाइएको हो । यदि तपाईं एक्स (पहिलेको ट्विटर) का अन्य प्रिमियम सेवामा चासो राख्नुहुन्न, तर केवल ग्रोक एआई प्रयोग गर्न चाहनुहुन्छ भने, सुपरग्रोक तपाईंका लागि उपयुक्त विकल्प हो । यसमा एक्स प्रिमियम प्लस मा उपलब्ध सबै एआई फिचरहरू पाइन्छन् ।
सुपरग्रोक विशेषगरी कोडिङ, रिसर्च वा वैज्ञानिक कार्यहरूमा एआई को सहयोग चाहने विद्यार्थीहरू र प्रोफेशनलहरूका लागि एक उपयोगी टूल हो । तर अहिलेलाई यसको निःशुल्क पहुँच केवल अमेरिका सम्म सीमित छ । नेपाल लगायत अन्य देशका विद्यार्थीहरूले यसका लागि केही समय पर्खनुपर्नेछ — जबसम्म एक्सएआई ले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि पनि समर्थन सुरु गर्दैन् ।