कीवर्डहरू -

नेपालपे क्यूआर र अलिपे प्लसबीच क्रस बोर्डर भुक्तानी सम्झौता

नेपालपे क्यूआर र अलिपे प्लसबीच क्रस बोर्डर भुक्तानी सम्झौता

नेपालपे क्यूआर र अलिपे प्लस बीच क्रस–बोर्डर भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सिंगापुर फिनटेक फेस्टिभल २०२४ मा नेपालपे क्यूआर र अलिपे प्लस बीच क्रस–बोर्डर भुक्तानी सम्बन्धी सम्झौता भएको हो । 

नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको नेपाल पे कयूआर र अलिपे प्लसबीच क्रस-बोर्डर सम्बन्धी भुक्तानी सुरुवात सँगै विश्वका १० बढी मुलुकका नागरिकले नेपाल भ्रमणमा क्यूआर कोड मार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।

चीनसहित हङकङ एसएआर चीन, मकाउ एसएआर चीन, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया र इटाली लगायत १० देश तथा क्षेत्रका यात्रुहरूले आफ्नो डोमेस्टिक इवालेट तथा मोबाइल बैंकिङ एप मार्फत नेपालपे क्यूआर नेटवर्क सहित ८ लाख ७५ हजारभन्दा बढी मर्चेन्टलाई भुक्तानी गर्न सक्ने क्लियरिङ हाउसले जनाएको छ ।

अलिपे प्लसका साझेदारहरू अलिपे (चिनियाँ मेनल्यान्ड), अलिपे एचके (हङकङ एसएआर), टिनाबा (इटाली), एमपे (मकाओ एसएआर), टच एन गो इवालेट र पब्लिक बैंक बर्हाडको माइपीबी (मलेसिया), हाइपे (मंगोलिया), जीक्यास (फिलिपिन्स), चाङ्गी पे र ओसीबीसी डिजिटल (सिंगापुर), नाभेर पे र टस पे (दक्षिण कोरिया) र ट्रुमनी (थाइल्यान्ड) बाट नेपालपे क्यूआरमार्फत सिमलेस क्रस बोर्डर भुक्तानी गर्न सक्नेछन् ।