सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै सामाजिक सञ्जालले नेपालको नियम मान्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
‘सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ । नेपालको कानुन मान्नुपर्छ । नेपालको नियम मान्नुपर्छ भन्ने भनेका छौँ,’ उनले भने, ‘विधेयक पास भइसकेपछि यो समस्या समाधान हुनेछ। विधेयक पास नभएसम्म निर्देशिकाको आधारमा सञ्चालन गर्नेछौँ’ ।’
सरकारले सामाजिक सञ्जालको नियमनका लागि संसदमा विधेयक दर्ता गरिसकेको छ । यसअघि सरकारले पटक पटक ताकेता गर्दा पनि मेटा, एक्स लगायतका कम्पनी नेपालमा सूचीकरण हुन आएका छैनन् । नेपालको कानुन नमान्ने, नियम नमान्ने र सरकारसँग सम्पर्क नगर्नेहरूलाई सधैँ मानिराख्नुपर्छ भन्ने नभएको गुरूङको भनाइ छ ।