सरकारले राहदानी, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा कोष, स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
सबै नागरिकलाई राष्ट्रिय परिचयपत्रमा प्रदान गर्दै राज्यले दिने सबै सेवा सुविधासँग आवद्ध गर्दै लगिने बताए ।
भूमि व्यवस्ता, सवारी दर्ता, नवीकरण, चालक अनुमति पत्र, बैंकिङ निवृतिभरण र स्वास्थ्य बीमालाई राष्ट्रिय परिचयपत्र आवद्ध गर्दै लगिने समेत जानकारी दिए ।