कीवर्डहरू -

दूरशिक्षालाई सोसल इन्टरप्राइज अवार्ड प्रदान

दूरशिक्षालाई सोसल इन्टरप्राइज अवार्ड प्रदान

दूरशिक्षाले सोसल इन्टरप्राइज अवार्ड जित्न सफल भएको छ । शुक्रबार द सोल्टी काठामाडौंमा आयोजना भएको एनवाईईएफ स्टार्टअप अवार्ड्समा दूरशिक्षाले सोसल इन्टरप्राइज अवार्ड प्राप्त गरेको हो । 

कार्यक्रममा सामाजिक उद्यमशीलतामा अगाडि बढेको दूरशिक्षालाई ट्रफीसहित ५० हजार नगद पुरस्कार समेत प्रदान गरिएको थियो । दूरशिक्षाले कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई एआई, कोडिङ र रोबोटिक्सको तालिम दिदै आएको छ । 

यस बाहेक दूरशिक्षाले फुल स्ट्याक वेब डेभलपमेन्टको बुटक्याम्प र आईटीमा डिप्लोमा सर्टिफिकेसन कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

नेपाल युवा उद्यमी मञ्चको सहकार्यमा काठमाडौं च्याप्टरले आयोजना गरेको स्टार्टअप अवार्ड्समा गल्ली म्याप्स विजेता बनेको थियो । पेट मामा र क्विक फक्स कन्सल्टिङ उपविजेता भएका थिए भने अडियन्स पिक अवार्ड पेट मामाले पाएको थियो ।  विजेताले ट्रफीसहित ४ लाख, उपविजेताले २ लाख र अडियन्स पिक अवार्ड विजेताले ५० हजार नगद पुरस्कार समेत पाएका छन् ।