कीवर्डहरू -

ह्वाट्सएप स्टाटसमा अब ट्याग पनि गर्न सकिने

ह्वाट्सएप स्टाटसमा अब ट्याग पनि गर्न सकिने

अब ह्वाट्सएपमा पनि साथीहरुलाई मेन्सन गर्न सकिने भएको छ । इन्स्टाग्राम जस्तै, चाँडै ह्वाट्सएप स्टाटसमा अन्य व्यक्तिहरूलाई ट्याग गर्न सकिने छ । 

वाबेटाइन्फो एक रिपोर्टका अनुसार ह्वाट्सएपले एउटा फिचरमा काम गरिरहेको छ, जसमा कन्ट्याक्टलाई स्टेटसमा पनि ट्याग गर्न सकिन्छ ।

यो नयाँ फिचर ह्वाट्सएप एन्ड्रोइडको बेटा संस्करण २.२४.६.१९ मा परीक्षण भइरहेको छ । बेटा प्रयोगकर्ताहरूले यो सुविधा हेर्न सक्छन् र प्रयोग पनि गर्न सक्छन् ।