कीवर्डहरू -

इन्ड्राइभको अल्टरनेटिभा फिल्म अवार्ड इन्डोनेसियामा आयोजना हुने, पुरस्कार राशि १ लाख डलर

इन्ड्राइभको अल्टरनेटिभा फिल्म अवार्ड इन्डोनेसियामा आयोजना हुने, पुरस्कार राशि १ लाख डलर

इन्ड्राइभको अल्टरनेटिभा फिल्म प्रोजेक्टको सोसियल इम्प्याक्ट अवार्ड्स २०२४ इन्डोनेसियामा आयोजना हुने भएको छ । दोस्रो संस्करणको अल्टरनेटिभा फिल्म प्रोजेक्टको सोसियल इम्प्याक्ट अवार्ड्सका लागि आगामी १७ जुनदेखि आवेदन खुला हुनेछ । 

यसमा सबै एसियाली देशहरूका फिल्म निर्माताहरूले प्रतिस्पर्धाका लागि फिचर फिल्म, वृत्तचित्र, एनिमेसन र हाइब्रिड फिल्महरू पेश गर्न सक्ने छन् । शर्ट फिल्म क्याटोगोरीको लागि विशेष रूपमा दक्षिण पूर्व एशियाबाट स्वीकार गरिने कम्पनीको भनाइ छ ।

एसिया र अन्य क्षेत्रका फिल्म निर्देशक, निर्माता, समुदायका नेता तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू मिलेर बनेको अन्तर्राष्ट्रिय निर्णायक मण्डलद्वारा अल्टरनेटिभा फिल्म अवार्डका विजेताहरू छनोट गरिनेछ । 

विजेताहरूलाई फिल्म निर्माण कौशलको थप विकासमा खर्च गर्नको लागि नगद पुरस्कारहरू समेत प्रदान गरिने छ । कुल पुरस्कार राशि कोष १ लाख अमेरिकी डलर छ भने चार क्याटगोरीहरूमा प्रत्येकलाई २० हजार डलर प्रदान गरिने छ, र शर्ट्स अवार्डका दुई विजेतालाई १०-१० हजार डलर दिईने छ ।

अल्टरनेटिभा फिल्म प्रोजेक्टकी प्रमुख लिजा सुरगानोभाले अल्टरनेटिभा फिल्म अवार्डले स्थानीय फिल्म उद्योगको विकासलाई सहयोग गर्ने एउटा उपकरणको रूपमा काम गर्ने बताइन् । यस वर्षको अल्टरनेटिभा फिल्म अवार्डमा आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । 

सन् २०२३ मा, अल्टरनेटिभा फिल्म प्रोजेक्टमा २५ देशबाट ३५० आवेदन प्राप्त भएको थियो ।