कीवर्डहरू -

एम्बिसन गुरूलाई नियोतर्फको डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५

एम्बिसन गुरूलाई नियोतर्फको डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५

एम्बिसन गुरूलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५ (नियो सेक्टर) प्रदान गरिएको छ । 
शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा एम्बिसन गुरूलाई सो अवार्ड प्रदान गरिएको हो । 
परम्परागत भन्दा फरक प्रविधिमा आधारित रहेर सेवा प्रदान गर्ने निजी कम्पनी तथा संस्थाहरूलाई यो अवार्ड प्रदान गरिन्छ । 
यस वर्ष अवार्ड पाएको एम्बिसन गुरू छोटो अवधिमा नै सफल भइरहेको ई–लर्निङ प्लेटफर्म हो । यसले अनलाइन माध्यमबाट एसईई, प्लस टु, एमबीबीएस, इन्जिनियरिङ, लोक सेवा, शिक्षक सेवा तथा विभिन्न भाषागत तयारी कक्षासँगै ब्याचलर र मास्टर्स तहका विविध विषयका अध्ययन सामग्री उपलब्ध गराउँदै आएको छ।
लाइभ तथा रेकर्डेड कक्षाको सुविधा प्रदान गर्दै आएको एम्बिसन गुरूले मोक टेस्ट, विद्यार्थीको प्रगति विश्लेषण तथा नबुझेका विषय शिक्षकसँग प्रत्यक्ष सोध्न सकिने प्रणालीसमेत विकास गरेको छ। एआइको प्रयोग गरेर गाइडेड लर्निंग प्रदान गर्ने यसको अर्को बिशेषता हो । 
शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यका साथ एम्बिसन गुरूले वि.सं. २०८१ मा १ लाख ७० हजार विद्यार्थीलाई नेपाली र अंग्रेजी दुवै माध्यममा निःशुल्क एसईई तयारी कक्षा सञ्चालन गरेको थियो।
प्रविधिको माध्यमबाट गुणस्तरीय शिक्षा सबैसम्म पुर्‍याउने लक्ष्यसहित सुरु भएको एम्बिसन गुरूमा हाल ७ लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन् । सुलभ र समावेशी शिक्षामा जोड दिँदै आएको यस प्लेटफर्ममा अध्ययन गर्ने ९० प्रतिशतभन्दा बढी विद्यार्थी काठमाडौं उपत्यका बाहिरका रहेका छन् ।