कीवर्डहरू -

अमेरिकी कम्पनीले ३३ करोडमा किन्यो नेपाली आईटी कम्पनी एडेक्स इन्टरनेशनल

अमेरिकी कम्पनीले ३३ करोडमा किन्यो नेपाली आईटी कम्पनी एडेक्स इन्टरनेशनल

एक अमेरिकी कम्पनीले नेपाली आईटी कम्पनी एडेक्स इन्टरनेशनललाई २.४ मिलियन अमेरिकी डलर अर्थात ३३ करोड नेपाली रूपैयाँमा खरिद गरेको छ ।

३ वर्षअघि स्थापना भएको एडेक्स इन्टरनेशनललाई अमेरिकी प्रविधि कम्पनी टेकबे डिजिटलले २४ लाख अमेरिकी डलर (३३ करोड भन्दा बढी रुपैयाँ) मा खरिद गरेको हो । 

एडेक्स इन्टरनेशनलदुई नेपाली युवा सौरभ सुवेदी र प्रज्वल शर्माले सुरु गरेका थिए । यसले नेपाललाई प्रविधिको विश्व नक्सामा अझ सशक्त ढंगले स्थापित गर्ने विश्वास लिइएको छ । 

एडेक्स क्लाउड कन्सल्टिङ कम्पनी हो । कम्पनीमा अहिले ६० भन्दा बढीले रोजगारी पाएका छन् ।