कन्टेन्ट क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई जोड्ने प्रविधिमुखी कम्पनी भिलले आफ्नो काठमाडौंस्थित नयाँ कार्यालय तथा नयाँ उत्पादन र सुविधाहरू आज सार्वजनिक गरेको छ।
कार्यक्रममा अमेरिकी राजदूत डिन आर. थम्पसन विशेष उपस्थिति रहेको थियो । नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापित भिलले अमेरिकी तथा अन्तर्राष्ट्रिय क्रिएटरहरूलाई ठूला ब्रान्डहरूसँग प्रभावकारी सहकार्य गर्न मद्दत गर्ने उपकरणहरू विकास गर्दै आएको छ।
यसको प्लेटफर्मले क्रिएटरहरूको नाफा, उत्पादनशीलता र विश्वव्यापी पहुँच दुवै बढाउने लक्ष्य राखेको छ। भीलले हाल अमेरिका र नेपालमा रोजगारी सिर्जना गरिरहेको छ र निकट भविष्यमा अझ विस्तार गर्ने योजना रहेको संस्थापक ढकालले बताए।
उद्घाटन समारोहमा राजदूत थम्पसनले नेपाल–अमेरिका टेक साझेदारी मजबुत बन्दै गएको उल्लेख गर्दै भिल जस्ता कम्पनीहरूले नेपालमा उत्कृष्ट अवसर देखिरहेका छन्। यस्ता नवप्रवर्तनले अमेरिकी क्रिएटरलाई लाभान्वित गर्नुका साथै नेपालमा निजी क्षेत्र–केन्द्रित आर्थिक वृद्धि गर्न पनि सहयोग गर्ने उनको भनाइ छ ।
भीलले आफ्नो वेब एप र एआईमा आधारित मोबाइल एप औपचारिक रूपमा सार्वजनिक गरेको छ । Creator’s Campaign, Video Reviews, Video SEO र AI–आधारित Veel Mobile App सहितका चार प्रमुख सुविधाहरूमार्फत भीलले क्रिएटर र ब्रान्डबीचको सहकार्यलाई सहज, पारदर्शी र मापनयोग्य बनाउने लक्ष्य राखेको छ।
नयाँ सुविधाहरूअन्तर्गत ‘Creator’s Campaign’ ले UGC तथा इन्फ्लुएन्सर भिडियो व्यवस्थापन, क्याम्पेन ब्रीफ, एसेट अप्रूवल, क्रिएटर पेमेन्ट र प्रदर्शन विश्लेषण एउटै प्लेटफर्मबाट गर्न मिल्ने सुविधा प्रदान गर्छ।
‘Video Reviews’ ले वेबसाइट, मोबाइल एप, इमेल वा सामाजिक सञ्जालमा वास्तविक प्रयोगकर्ताका भिडियो प्रशंसापत्र सजिलै प्रदर्शन गर्न सकिने प्रणाली उपलब्ध गराउँछ, जसले ग्राहक विश्वास र इनगेजमेन्ट बढाउँछ। ‘Video SEO’ मार्फत भिडियोभित्रका दृश्य र संवादलाई सूक्ष्म रूपमा अनुक्रमण गरी प्रयोगकर्ताले खोजेको क्षण एकैपटक पत्ता लगाउन सकिन्छ।
नयाँ ‘Veel Mobile App’ ले एआई–आधारित भिडियो एडिटिङ, सुरक्षित स्टोरेज, वॉलेट पेमेन्ट र सहयोग खोज्ने सुविधा समेटेर क्रिएटरहरूको कार्यदक्षता बढाउन मद्दत गर्छ।
सबै क्रिएटर वर्कफ्लोहरूलाई एकीकृत, स्मार्ट र मापनयोग्य पाइपलाइनमा बदलिरहेका भीलका संस्थापक ढकालले बताए । डिस्कभरीदेखि पेमेन्ट र क्याम्पेन प्रदर्शनसम्म ब्रान्ड र क्रिएटर दुवैले पूर्ण पारदर्शिता र नियन्त्रण पाउने उनको भनाइ छ ।
आईसीटी समाचार