कीवर्डहरू -

स्मार्ट च्वाईस टेक्नोलोजिज र लुम्बिनी विकास बैंक बिच स्मार्ट पे र स्मार्ट क्युआरका लागि सम्झौता

स्मार्ट च्वाईस टेक्नोलोजिज र लुम्बिनी विकास बैंक बिच स्मार्ट पे र स्मार्ट क्युआरका लागि सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकको ‘ख’ वर्ग अन्तर्गत बैंक लुम्बिनी विकास बैंक लिमिटेडबिच स्मार्ट पेमार्फत अन्तर बैंक भुक्तानी सेवा तथा स्मार्ट क्युआर मार्फत क्युआर भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

लुम्बिनी विकास बैंकको कार्यालयमा आयोजित कार्यक्रमका बिच स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र लुम्बिनी विकास बैंकका तर्फबाट उप-प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीबिच स्मार्ट क्यूआर र स्मार्ट पेको  सेवा सन्चालन सम्झौतामा हस्ताक्षर भएको हो । 

यस सम्झौता पश्चात लुम्बिनी विकास बैंकका ग्राहक, एजेन्ट तथा  प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने छन् ।

साथै लुम्बिनी विकास बैंकमा खाता हुने सम्पूर्ण व्यवसायी तथा व्यापारीहरूले स्मार्ट क्युआर मार्फत विभिन्न मोबाइल बैंकिङ्ग तथा मोबाइल वालेटबाट रकम भुक्तानी लिन पाउनेछन् ।