कीवर्डहरू -

चैतभित्र केन्द्रीयस्तरका सबै सरकारी कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू हुने

चैतभित्र केन्द्रीयस्तरका सबै सरकारी कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चैतभित्र सबै केन्द्रीयस्तरका सरकारी कार्यालयहरूमा सूचना प्रविधिमा आधारित एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू हुने बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले चैतभित्र सबै केन्द्रीयस्तरका सरकारी कार्यालयहरूमा सूचना प्रविधिमा आधारित एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू  हुने बताएका हुन् ।
यसैगरी उनले सरकारी कार्यालयहरूबाट हुने सेवा वितरणलाई सूचना प्रविधिमा आधारित बनाइने जानकारी दिए । 
आफ्नो पहिलो कार्यकालमा रणनीतिक महत्त्वको रूपमा सुरु गरेको मध्यपहाडी लोकमार्गलाई सूचना महामार्गको रूपमा विकास गर्ने र यसै क्रममा कोसी प्रदेशका सबै जिल्लामा अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्‍न भएको जानकारी दिए ।