कीवर्डहरू -

उच्च प्रदर्शन र उत्कृष्ट ब्याट्री लाइफसहित अनर एक्स नाइन सी फाइभ जी नेपालमा चाँडै लन्च हुँदै

उच्च प्रदर्शन र उत्कृष्ट ब्याट्री लाइफसहित अनर एक्स नाइन सी फाइभ जी नेपालमा चाँडै लन्च हुँदै

नेपाली स्मार्टफोन बजारमा नयाँ प्रविधि र विशेषतासहित अनर एक्स नाइन सी फाइभ जी चाँडै आउने भएको छ। अनर एक्स नाइन बी फाइभ जीको सफलतापछि सेलट्रोन नेपालले नेपालकै सबैभन्दा बलियो स्मार्टफोन दाबी गर्दै नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरेको हो।

अनर एक्स नाइन बी फाइभ जीमा ५८०० एमएएच क्षमताको लामो समय टिक्ने ब्याट्री, ३६०-डिग्री एण्टी-ड्रप सुरक्षा, १०८ मेगापिक्सेलको क्यामेरा, आकर्षक डिजाइन, र शक्तिशाली प्रदर्शन जस्ता उत्कृष्ट विशेषताहरू समावेश थिए। साथै, ६.७८ इञ्चको घुमाउरो एमोलेडपर्दा, १२०हर्ज रिफ्रेस दर, र १२००-निट चमक भएका कारण प्रयोगकर्तालाई सहज र उत्कृष्ट अनुभव प्रदान गरेको थियो।

नयाँ संस्करणमा झन् मजबुत संरचना, अझ शक्तिशाली ब्याट्री, उच्च गुणस्तरको क्यामेरा र प्रयोगकर्ताका लागि उत्कृष्ट अनुभव जस्ता थप सुधार गरिएको कम्पनीले जनाएको छ। यसको आधिकारिक मूल्य र उपलब्धताको जानकारी चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।