कीवर्डहरू -

गूगल क्रोममा एन्ड्रोइड र पीसी प्रयोगकर्ताले आइफोनको जस्तै सुविधा पाउने, ब्राउजिङको शैली बदलिदै

गूगल क्रोममा एन्ड्रोइड र पीसी प्रयोगकर्ताले आइफोनको जस्तै सुविधा पाउने, ब्राउजिङको शैली बदलिदै

अब गूगल क्रोममा एउटै गुगल अकाउन्टको साथमा धेरै डिभाइसहरूमा सेभ गरिएको डेटा र बुकमार्कहरू एक्सेस गर्न सजिलो बनाइँदैछ ।

केही दिन पहिले मात्र गुगलले जानकारी दिएको थियो कि कम्पनीले एन्ड्रोइड र डेस्कटप प्रयोगकर्ताहरूका लागि क्रोममा पासवर्ड र बुकमार्कहरू एक्सेस गर्न सजिलो बनाउँदैछ ।

यस सुविधालाई पहिले आइफोन प्रयोगकर्ताका लागि क्रोममा प्रस्तुत गरिएको थियो । प्रयोगकर्ताले गुगल अकाउन्टमा लग–इन गरेपछि, सेभ गरिएको सम्पूर्ण डेटा उनीहरूको डिभाइसको क्रोम ब्राउजरमा नै सेभ पाउन सक्नेछन्।

 यसो गर्न प्रयोगकर्ताले गुगल सिंक टगल इनेबल गर्न आवश्यक पनि पर्दैन् । प्रयोगकर्ताले क्रोममा साइन इन गरेपछि गुगल अकाउन्टमा भएका सबै सेव गरिएको पासवर्ड, ठेगाना र अन्य डेटा एक्सेस गर्न सुविधा पाउनेछ ।