कीवर्डहरू -

एन्ड्रोइड फोनले नै दिन्छ भूकम्प आउँदा अलर्ट, एक्टिभेट गर्ने कसरी ?

एन्ड्रोइड फोनले नै दिन्छ भूकम्प आउँदा अलर्ट, एक्टिभेट गर्ने कसरी ?

भूकम्प एक प्राकृतिक प्रकोप हो, जसले अप्रत्याशित रूपमा ठूला क्षति पुर्याउन सक्छ। प्रविधिको विकाससँगै, एन्ड्रोइड फोनमार्फत भूकम्पको सतर्कता सन्देश समयमै प्राप्त गर्न सकिन्छ । 

यसका लागि, भूकम्प सतर्कता सुविधा सक्षम गर्नुपर्नेछ, जसले भूकम्प आउनुअघि नै तपाईंलाई सचेत गराउन सक्छ। यस सुविधाले फोनका सेंसरको प्रयोग गरेर भूकम्पको कम्पन मापन गर्छ र गूगलको प्रणालीमार्फत नजिकका प्रयोगकर्ताहरूलाई चेतावनी पठाउँछ।

फोनमा भूकम्प आएको अलर्ट पाउन इन्टरनेट जडान हुनु अनिवार्य छ । साथै, भूकम्प सतर्कताको लोकेशन पनि अन गर्नुपर्छ । य

भूकम्प सतर्कता सुविधा कसरी एक्टिभ गर्ने?

सुरूमा फोनको सेटिङ्स खोल्नुहोस् । सुरक्षा तथा आपतकालीन (Safety and Emergency) विकल्पमा जानुहोस् ।

भूकम्प सतर्कता (Earthquake Alert) मा ट्याप गर्नुहोस् । भूकम्प सतर्कतालाई सक्षम गर्नुहोस् । यस सेक्सनमा तपाईं सतर्कता सन्देशको डेमो हेर्न सक्नुहुन्छ । साथै, भूकम्पको समयमा अपनाउनुपर्ने सुरक्षाका उपायहरू पनि उपलब्ध छन् ।

यो सुविधा कसरी काम गर्छ ?

एन्ड्रोइडको भूकम्प सतर्कता प्रदान गर्न सेन्सर, डेटा र स्मार्टफोन सञ्जालको उपयोग गर्छ । एन्ड्रोइड फोनमा अक्सेलरोमिटर  र जाइरोस्कोप जस्ता सेन्सर यन्त्रहरू हुन्छन्, जसले भुइँको कम्पन मापन गर्छन् । जब यी सेन्सर यन्त्रले भूकम्पका हल्का झट्काहरू महसुस गर्छन्, फोनले त्यो जानकारी गूगलको प्रणालीमा पठाउँछ ।

गूगलको प्रणालीले प्राप्त तथ्यांक तुरुन्तै प्रशोधन गर्छ र भूकम्पको परिमाण तथा स्थानको अनुमान लगाउँछ । त्यसपछि, प्रयोगकर्ताहरूलाई भूकम्पको सतर्कता सन्देश पठाइन्छ । भूकम्प पत्ता लागेको खण्डमा, गूगलको सेवा सञ्जालमार्फत चेतावनी तुरुन्तै स्थानीय प्रयोगकर्तासम्म पठाइन्छ ।

प्रणालीको सटीकता कत्तिको भरपर्दो छ ?

गूगलका अनुसार, भूकम्प सतर्कता प्रणाली धेरै नै सटीक छ । यसले सानो भूकम्पलाई समेत पहिचान गर्न सक्छ, जुन सामान्यतया मानिसहरूले महसुस गर्दैनन् । तर, यो सुविधाप्रति प्रश्नहरू पनि उठाइएका छन् ।

ब्राजिलमा, यो सुविधा निस्क्रिय पारिएको छ, किनभने यसले गलत जानकारी दिन सक्ने र मानिसहरूलाई अनावश्यक तनाव सिर्जना गर्ने बताइएको थियो।

नेपालमा पनि यदि तपाईं एन्ड्रोइड फोन प्रयोग गर्दै हुनुहुन्छ भने, भूकम्प सतर्कता सुविधा सक्षम गरेर भूकम्पको चेतावनी प्राप्त गर्न सक्नुहुन्छ ।