एभरेष्ट बैंकले २०८३ सालको आफ्नो वार्षिक कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ। नेपाली धर्म, संस्कृति, पर्यटन तथा पुरातात्त्विक महत्त्वलाई समेट्ने परम्परालाई निरन्तरता दिँदै बैंकले यस वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो।
बैंकले यसपटकको क्यालेन्डरमा “नेपालको विकास यात्रा: नवप्रवर्तनका आयामहरू” भन्ने विषयवस्तु समेटेको जनाएको छ। उक्त क्यालेन्डर एक विशेष समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले अनावरण गरेका थिए। कार्यक्रममा बैंकका सञ्चालकहरू तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
एभरेष्ट बैंकका अनुसार हालसम्म बैंकले करिब १४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। देशभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
साथै, बैंकले आधुनिक डिजिटल सेवाहरू—मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एसएमएस बैंकिङ—मार्फत ग्राहकलाई सहज सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। नेपाल सरकारको राजस्व संकलनका लागि ३३ वटा संकलन केन्द्रमार्फत सेवा दिँदै आएको बैंकले विदेशमा पनि आफ्नो उपस्थिति विस्तार गर्दै नयाँ दिल्लीसहित अन्य स्थानमा प्रतिनिधि कार्यालय सञ्चालन गरिरहेको जानकारी दिएको छ।
बैंकले हरेक वर्षझैं यसपटक पनि क्यालेन्डरमार्फत राष्ट्रिय पहिचान, विकास र नवप्रवर्तनका विषयलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ।
आईसीटी समाचार