कीवर्डहरू -

एन्थ्रोपिकको नयाँ मोडेल Opus 4.8, किन बन्यो चर्चाको विषय ?

एन्थ्रोपिकको नयाँ मोडेल Opus 4.8, किन बन्यो चर्चाको विषय ?

काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकले आफ्नो सबैभन्दा उन्नत सार्वजनिक मोडेलको नयाँ संस्करण Opus 4.8 सार्वजनिक गरेको छ । यो मोडेल पुरानै संस्करण जस्तै मूल्यमा उपलब्ध छ र विभिन्न प्लेटफर्महरूमा प्रयोग गर्न सकिन्छ ।

नयाँ संस्करणले कमजोर वा अनिश्चित डाटालाई पहिचान गरेर आफ्ना उत्तरमा शंका भए स्पष्ट रूपमा संकेत गर्ने क्षमता सुधार गरेको छ, जसले गलत दाबी गर्ने सम्भावना घटाउने बताइएको छ ।

कम्पनीका प्रारम्भिक परीक्षण अनुसार यो मोडेलले विश्लेषण गर्दा समस्या र त्रुटिहरू पहिले नै पहिचान गर्न सक्षम छ । साथै, नयाँ Dynamic Workflow फिचर पनि ल्याइएको छ, जसले जटिल कामहरूलाई धेरै साना सब–एजेन्टमार्फत समानान्तर रूपमा व्यवस्थापन गर्न सहयोग गर्छ । यसले ठूला कोड परियोजनामा समेत हजारौं लाइनको कोड परिवर्तन गर्न सक्ने क्षमता सुधार गरेको बताइएको छ ।

एन्थ्रोपिकले आफ्नो सबैभन्दा उन्नत Mythos मोडेल अझै सार्वजनिक नगरेको जनाएको छ, किनकि अघिल्लो परीक्षण चरणमा साइबर सुरक्षा सम्बन्धी चिन्ता उठेको थियो । तर कम्पनीले Opus 4.8 को घोषणासँगै संकेत दिएको छ कि आवश्यक सुरक्षा उपाय पूरा भएपछि Mythos मोडेल छिट्टै प्रयोगकर्ताका लागि उपलब्ध हुन सक्छ । कम्पनीका अनुसार यी सुरक्षा सुधारमा द्रुत प्रगति भइरहेको छ र आगामी केही हप्तामा Mythos-class मोडेल सार्वजनिक गर्न सकिने अपेक्षा छ ।