चौथो एपिएक आइपीभी–६ काउन्सिल मिट २०२६ काठमाडौंको रेडिसन होटलमा अप्रिल ९ र १० मा हुने भएको छ। सुबिसु (SUBISU) को आयोजनामा हुने उक्त सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका आइपीभी–६ र डीएनएससेक विज्ञहरू सहभागी हुनेछन्।
पहिलो दिन (अप्रिल ९) को मुख्य विषय ‘ग्लोबल एडाप्टेसन, इनसाइट्स एन्ड सेपिङ योर आइसीटी इकोसिस्टम विथ आइपीभी–६’ रहनेछ। दोस्रो दिन (अप्रिल १०) मा ‘एम्पावरिङ योर एन्टरप्राइज नेटवर्क थ्रू आइपीभी–६ एन्ड डीएनएससेक डिप्लोइमेन्ट’ विषयमा छलफल हुने आयोजकले जनाएको छ।
सम्मेलनको समय बिहान ९ देखि साँझ ६ बजेसम्म तोकिएको छ। कार्यक्रमले नेपालको आइसीटी क्षेत्रमा आइपीभी–६ परिनियोजन र साइबर सुरक्षा सुदृढीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आईसीटी समाचार