एप्पलले आइफोन प्रयोगकर्ताहरूलाई नयाँ चेतावनी जारी गरेको छ। कम्पनीले आइफोन प्रयोगकर्तालाई गुगल क्रोम प्रयोग नगर्न सुझाव दिइरहेको छ। कम्पनीको भनाइअनुसार यसको सफारी ब्राउजरले प्रयोगकर्तालाई फिंगरप्रिन्टिङ भनेर चिनिने नयाँ ट्र्याकिङ प्रविधिबाट जोगाउँछ। एपलको दाबी हो कि क्रोमले यस प्रकारको ट्र्याकिङबाट सुरक्षा दिन्न।
विश्वभरि ३०० करोडभन्दा बढी मानिसहरूले गुगल क्रोम प्रयोग गर्छन्। त्यसैले एपलको यो चेतावनीलाई महत्त्वपूर्ण मानिएको छ। कम्पनीले ब्राउजर छान्ने निर्णय प्रयोगकर्ताको रोजाइ भएको भने पनि, जसले प्राइभेसीलाई प्राथमिकता दिन्छन् उनीहरूले सफारी छोड्नुहुँदैन भनी स्पष्ट रूपमा भनिरहेको छ।
फिंगरप्रिन्टिङ के हो?
फिंगरप्रिन्टिङ एउटा लुकेर हुने ट्र्याकिङ प्रविधि हो, जसमा फोनसँग सम्बन्धित थुप्रै साना–साना जानकारीहरू संयोजन गरेर प्रयोगकर्ताको एक अनौठो डिजिटल आइडी बनाइन्छ। यसको सबैभन्दा ठूलो खतरा यो हो कि प्रयोगकर्ताले यसलाई बन्द गर्न सक्दैन। कुकी ट्र्याकिङमा प्रयोगकर्ताले अप्ट-आउट गर्न सक्छ, तर फिंगरप्रिन्टिङमा त्यस्तो विकल्प सामान्यतया हुँदैन। यसैले यो अत्यन्तै खतरनाक मानिन्छ।
एपल मात्र होइन, मोजिल्लाले पनि आफ्ना फायरफक्स ब्राउजरमा त्यस्तै टेक्नोलोजी थपेको छ जसले ट्र्याकरहरूलाई गलत वा सीमित डेटा पठाएर प्रयोगकर्ताको पहिचान लुकाउँछ। अर्थात् अहिले केही ब्राउजरहरूले फिंगरप्रिन्टिङ ब्लक गर्न नयाँ तरिकाहरू अपनाइरहेका छन्।
के सफारी साँच्चिकै सुरक्षित छ?
एपलको दाबी अनुसार सफारीले डिभाइसको वास्तविक कन्फिगरेसन लुकाएर सबै डिभाइसहरूलाई ट्र्याकरहरूको नजरमा समान बनाइदिन्छ। यसले विज्ञापन दिने कम्पनीहरू र वेबसाइटहरूलाई कुनै एक प्रयोगकर्तालाई अलगगरी पहिचान गर्न कठिन बनाउँछ। कम्पनीको भनाइअनुसार सफारीले सिस्टम सेटिङ्सको सरल संस्करण देखाइदिन्छ ताकि ट्र्याकरहरूले विस्तृत जानकारी नपाउन सकोस् र फिंगरप्रिन्टिङ असफल हुन सकून्।
आईसीटी समाचार