चीनको अग्रणी अटोमोबाइल निर्माता जिलि अटो ग्रुपले नेपालमा उपलब्ध जिलि ईएक्सफाइभ विद्युतीय सवारीसाधनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सुविधा उपलब्ध गराएको छ।
यस प्राविधिक स्तरोन्नतिले जिलि भ्ह्छको डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाउँदै नेपालमा तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय सवारी (ईभी) बजारमा जिलिको उपस्थितिलाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ।
एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्टमार्फत सवारीसाधन र चालकको स्मार्टफोनबीच सहज एकीकरण हुने भएकाले सुरक्षा, सुविधा र कनेक्टिभिटी एकैसाथ सुनिश्चित हुने बताइएको छ। यसले समग्र ड्राइभिङ अनुभवलाई उल्लेखनीय रूपमा उकास्ने कम्पनीको दाबी छ।
सफ्टवेयर अपडेटमार्फत उपलब्ध सुविधा
सफ्टवेयर अपडेटमार्फत उपलब्ध गराइएको यस कनेक्टिभिटी प्रणालीमा भ्वाइस असिस्टेन्टद्वारा सञ्चालित ह्यान्ड्स–फ्री कमाण्डको सुविधा छ। चालकले फोन नछोई कल गर्न, सन्देश पठाउन वा प्राप्त गर्न तथा मार्ग निर्देशन लिन सक्ने हुँदा स्टीयरिङमा हात र सडकमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने बताइएको छ।
नयाँ प्रणालीले परिचित स्मार्टफोन इन्टरफेसलाई सवारीसाधनको इनबिल्ट डिस्प्लेमा मिरर गर्छ। ठूला र स्पष्ट आइकन तथा सहज लेआउटका कारण म्युजिक, स्पोटिफाइ, मेसेज र नेभिगेसन जस्ता एपहरू ड्राइभिङका क्रममा सहज रूपमा प्रयोग गर्न सकिन्छ। सामान्य ब्लुटुथ कनेक्टिभिटीको तुलनामा कारप्ले र एन्ड्रोइड अटोले उच्च ध्वनि गुणस्तरसमेत प्रदान गर्ने कम्पनीको भनाइ छ।
यसका साथै गुगल म्याप्स, एप्पल म्याप्स वा वेज जस्ता एपमार्फत रियल–टाइम नेभिगेसन र ट्राफिक अपडेट प्राप्त गर्न सकिन्छ भने कल र नोटिफिकेसनको सुरक्षित व्यवस्थापन पनि सम्भव हुन्छ। टचस्क्रिन, स्टीयरिङ ह्विलका बटन र इनबिल्ट माइक्रोफोनसँग पूर्ण रूपमा एकीकृत भएकाले प्रणाली प्रयोगमैत्री रहेको जनाइएको छ।
नेपालमा ग्राहक–केन्द्रित कार्यान्वयन
नेपालका लागि जिलि भ्ह्छको आधिकारिक वितरक एलआरआर मोटर्सले लन्चदेखि हालसम्म बिक्री भएका सबै जिलि भ्ह्छ सवारीसाधनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट उपलब्ध गराइसकेको जनाएको छ। कम्पनीका अनुसार सेवा टोलीहरूले ग्राहकको घर वा कार्यालयमै पुगेर आवश्यक सफ्टवेयर इन्स्टलेसन गरिरहेका छन्, जसले अपग्रेड प्रक्रिया सहज बनेको छ।
एलआरआर मोटर्सका प्रबन्ध निर्देशक जीवन जंग शाहीले चीनस्थित जिलि अटो ग्रुपको प्रत्यक्ष सहयोगमा यो स्मार्ट कनेक्टिभिटी अपग्रेड सम्भव भएको बताउँदै यसले जिलि भ्ह्छलाई प्रिमियम ग्लोबल ईभीहरूसँग प्रतिस्पर्धी बनाएको उल्लेख गरे।
कम्पनीका बिक्री प्रमुख अधिर कुमार श्रेष्ठका अनुसार भविष्यमा नेपाल आयात हुने सबै जिलि भ्ह्छ सवारीसाधनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो प्रणाली इनबिल्ट रूपमा रहनेछ, जसका लागि थप इन्स्टलेसन आवश्यक पर्नेछैन।
ईभी बजारमा जिलिको उपस्थितिलाई थप मजबुती
जिलि भ्ह्छले शहरी क्षेत्र र हाइवे ड्राइभिङ सेग्मेन्टमा उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ। विराटनगर र बुटवलसहित विभिन्न शहरमा विस्तार हुँदै गएको डिलर नेटवर्कलाई आगामी वर्षभित्र सातै प्रदेशमा विस्तार गर्ने योजना कम्पनीले अघि सारेको छ।
एप्पल कारप्ले र एन्ड्रोइड अटोको समावेशसँगै जिलि भ्ह्छले कार्यक्षमता, आराम, सुरक्षा र स्मार्ट कनेक्टिभिटीको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै नेपालका फिचर–सम्पन्न विद्युतीय सवारीमध्ये एकको रूपमा आफ्नो पहिचान थप मजबुत बनाएको छ।
गत वर्षको नाडा अटो शोमा लन्च भएयता आधुनिक डिजाइन, प्रिमियम इन्टेरियर, उन्नत सुरक्षा प्रविधि र प्रभावकारी विद्युतीय कार्यक्षमताका कारण जिलि भ्ह्छ नेपालमा छोटो समयमै चर्चित ईभीमध्ये एक बनेको कम्पनीको दाबी छ।
आईसीटी समाचार