कीवर्डहरू -

मिस्ट्रल र पेरप्लेक्सिटी खरिद गर्ने आन्तरिक छलफलमा एप्पल

मिस्ट्रल र पेरप्लेक्सिटी खरिद गर्ने आन्तरिक छलफलमा एप्पल

एप्पलले फ्रान्सको एआई स्टार्टअप मिस्ट्रल र एआई सर्च कम्पनी पेरप्लेक्सिटी खरिद गर्न आन्तरिक रूपमा छलफल अगाडि बताएको छ । एआईको दौडमा प्रतिस्पर्धीभन्दा केही पछाडि रहेको एप्पलले ठूलो स्तरमा एआई कम्पनीहरू खरीद गर्ने रणनीतिमा विचार गरिरहेको छ ।

मिडिया रिपोर्ट अनुसार एपलका सीईओ टिम कुकले गएको महिनामा एआईसँग सम्बन्धित ठूलो डिलहरूका लागि पनि तयार रहेको संकेत दिएका थिए । 

जबकि पहिला अधिग्रहण गर्ने मामिलामा निकै सतर्क हुन्थे ।  यस विषयमा एप्पल र मिस्ट्रलले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् भने पेरप्लेक्सिटीले पनि कुनै सम्भावित मर्जरको कुरा अस्वीकार गरेको छ । 

यस्तो अवस्थामा सबैको नजर एपलको अर्को ठूलो रणनीतिमा छ, जसले त्यसलाई एआई रेसमा शीर्ष स्थानमा पुर्‍याउन सक्छ ।

मिस्ट्रल एआईमा एनभीडीयाको लगानी रहेको छ । यसको मूल्य हालै ६ डलर बिलियनभन्दा बढी पुगेको थियो । एक रिपोर्ट अनुसार मिस्ट्रल अहिले १० डलर बिलियन भ्यालुएशनमा नयाँ फण्ड उठाउने तयारीमा छ । अर्कोतिर, पेरप्लेक्सिटीले अमेजनका संस्थापक जेफ बेजोस र एनभिडियाबाट फण्डिङ पाएको छ ।