एप्पलले टिकटकसहित बाइटडान्सले विकास गरेका ११ वटा एपहरू पनि हटाएको छ । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र यसका सहायक कम्पनीहरूले विकास गरेका ११ वटा एपहरू हटाएको हो ।
कम्पनीले टिकटक, टिकटक स्टुडियो, टिकटक सप सेलर सेन्टर, क्यापकट, लेमन ८, हाइपिक, लार्क – टिम कोलाबोरेसन, लार्क – रूम्स डिस्प्ले, लार्क रुम्स कन्ट्रोलर, गुथः एआई स्टडी च्याम्पियन र मार्भल स्न्याप हटाएको एप्पलले जानकारी दिएको छ ।
अमेरिकी कानुनको पालना गर्दै यी सबै एपहरूलाई ब्लक गरेको कम्पनीको भनाइ छ । यसअघि नै डाउनलोड गरेका व्यक्तिको मोबाइलमा भने यी एप रहने छन् । तर पुनः डाउनलोड गर्न र अपडेट गर्न पनि सक्ने छैनन् ।
इन एप पर्चेचेज र नयाँ सब्सक्रिप्सनको सुविधा पनि पाइने छैन् । साथै अमेरिका भ्रमणमा जाने अन्य देशका प्रयोगकर्ताले एप डाउनलोड गर्न, अपडेट र इन पर्चेज गर्न पाउने छैनन् ।
गत वर्ष पारित भएको अमेरिकी कानुनहरू टिकटकसँग अमेरिकाको स्वामित्व बेच्नुपर्ने वा पूर्ण रूपमा बन्द गर्नुपर्ने विकल्प थियो । अहिलेलाई कम्पनीले दोस्रो विकल्प रोजेको हो । त्यसैकारण अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेको हो ।