कीवर्डहरू -

एम फाइभ म्याकबुक उत्पादन गर्ने तयारीमा एप्पल

एम फाइभ म्याकबुक उत्पादन गर्ने तयारीमा एप्पल

एप्पलको नयाँ सिलिकन चिप चाँडै उत्पादन लाइनमा प्रवेश गर्न लागेको छ भन्ने समाचार ब्लूमबर्गका मार्क गूर्मनले दिएका छन्। आफ्नो पछिल्लो पावर अन न्युजलेटरमा गूर्मनले भनेका छन्, ‘एप्पल नयाँ म्याकबुक प्रो, म्याकबुक एयर र दुईवटा नयाँ म्याक मोनिटरको ठूलो उत्पादन नजिक छ।’ 

उनका अनुसार यी अपग्रेडेड उत्पादनहरू यसै वर्षको अन्त्यदेखि आउँदो वर्षको पहिलो चौमासिकसम्म बजारमा आउने तय छ। यसअघि, गूर्मनले एप्पलले सन् २०२५ को दोस्रो त्रैमासमा एम५ चिपयुक्त म्याकबुक प्रोको उत्पादन सुरु गर्ने अपेक्षा गरिएको बताएका थिए। 

एप्पलको पुरानो रिलीज तालिका अनुसार, प्रायः हरेक वर्ष शरद ऋतुमा नयाँ म्याकबुक प्रो ल्याइन्छ र त्यसपछि वसन्त ऋतुमा अपग्रेडेड म्याकबुक एयर सार्वजनिक गरिन्छ। तर, गूर्मनले गत जुलाईमा भनेका एप्पलले अब आन्तरिक रूपमा नयाँ म्याकबुक प्रोलाई आगामी वर्षको सुरुवाततिर सार्वजनिक गर्ने लक्ष्य राखेको बताएका थिए ।

म्याकबुक बाहेक, एप्पलका दुई नयाँ मोनिटरमध्ये एक अपग्रेडेड स्टुडियो डिस्प्ले हुने अपेक्षा गरिएको छ। पहिलो पटक मार्च २०२२ मा सार्वजनिक गरिएको स्टुडियो डिस्प्ले अहिले रिफ्रेशको खाँचोमा छ। विभिन्न अफवाहहरूका अनुसार यसमा मिनी-एलइडी डिस्प्ले प्रयोग हुने, साथै ब्राइटनेस र कलर क्वालिटीमा थप सुधार आउनेछ।