कीवर्डहरू -

एप्पलको आईफोन एसई ४: शक्तिशाली ए१८ चिपसेटसहित २०२५ मा सार्वजनिक हुने

एप्पलको आईफोन एसई ४: शक्तिशाली ए१८ चिपसेटसहित २०२५ मा सार्वजनिक हुने

एप्पलले आफ्नो सबैभन्दा एडभान्स आईफोन १६ श्रृंखला ग्लोबली लन्च गरेपछि विभिन्न नयाँ उत्पादनहरूमा काम गर्न शुरू गरेको छ । यसमध्ये एक हो आईफोन एसई ४, जुन कम्पनीले हाल विकास गरिरहेको छ । यो अन्य आईफोनहरूको तुलनामा सस्तो मूल्य श्रेणीमा लन्च हुने आशा गरिएको छ । लन्चभन्दा अघि यसका बारेमा थुप्रै जानकारी बाहिर आएका छन् । 

एप्पलले आईफोन एसइ को अघिल्लो संस्करण २०२२ मा प्रस्तुत गरेको थियो । हालका रिपोर्टहरूले संकेत गर्छन् कि आईफोन एसइ ४ को डिजाइन आईफोन १४ सँग धेरै मिल्दोजुल्दो हुन सक्छ । 
धेरै रिपोर्टहरूमा बताइएको छ कि एप्पल यस वर्षको अन्त्यमा आईफोन एसइ ४ को उत्पादनको ठूलो स्तरमा सुरुवात गर्न सक्छ । डिसेम्बरको आसपास यस्तो हुन सक्ने अपेक्षा गरिएको छ । भनिएको छ कि आईफोन एसइ ४ आधिकारिक रूपमा अप्रिल २०२५ मा आउन सक्छ । यति भन्दै गर्दा एप्पलले यसबारे आधिकारिक रूपमा केही पनि भनेको छैन् । तर यसबारे थुप्रै रिपोर्टहरू बाहिर आएका छन् । 

कथित रूपमा डिभाइसलाई एप्पलको डेटाबेसमा कोडनेम भि ५९ अन्तर्गत लिस्ट गरिएको छ । हालै एक टिपस्टरले सामाजिक संजालमा कथित आईफोन एसइ (२०२५) को केसको एक तस्वीर शेयर गरेका छन्, जसमा यसको पछाडि प्यानल देखाइएको छ । यो आईफोन ७ प्लसको डिजाइन जस्तै देखिन्छ । यसमा एक डुअल रियर क्यामेरा सेटअप समावेश छ । 

विशेषताहरूको कुरा गर्दा, आईफोन एसइ ४ मा ६.६ इन्चको डिस्प्ले हुने अपेक्षा गरिएको छ र यो सम्भवतः यस श्रृंखलाको पहिलो मोडेल हुनेछ जसमा ४८ मेगापिक्सेल क्यामेरा समावेश हुनेछ । ओलेड डिस्प्लेले ६० हर्ज रिफ्रेश रेटलाई समर्थन गर्नेछ । 

नयाँ  आईफोन एसइ ४ ले प्रदर्शनका लागि नवीनतम ए१८ बायोनिक चिपसेट पाउनेछ । यसले ८ जीबी एलपीडिडिआर५ र्यामलाई समर्थन गर्नेछ । स्टोरेज विकल्पमा १२८ जीबी, २५६जीबी र ५१२ जीबी संस्करण समावेश हुने अपेक्षा गरिएको छ । यस आईफोनलाई विगतको जेनरेशनका आईफोन हरूसँगको तुलनामा थुप्रै अपग्रेड सुविधाहरूको साथमा ल्याइनेछ । सस्तो खण्डमा कम्पनीले यसमा एआई 
 सुविधाहरू पनि प्रदान गर्न सक्छ ।