कीवर्डहरू -

एआई पिनमा काम गर्दै एप्पल, सन् २०२७ मा सार्वजनिक गर्ने योजना

एआई पिनमा काम गर्दै एप्पल, सन् २०२७ मा सार्वजनिक गर्ने योजना

आइफोन निर्माता कम्पनी एप्पलले नयाँ एआई पिन (AI Pin) को विकास गरिरहेको छ। यो पिन अलिकति बाक्लो एयरट्याग जस्तो देखिने, तर यसमा क्यामेरा, स्पिकर, माइक्रोफोन र वायरलेस चार्जिङ सुविधा रहने छ।

रिपोर्ट अनुसार पिनलाई पातलो, सपाट, गोलाकार डिस्कको रूपमा डिजाइन गरिएको छ। यसमा दुई क्यामेरा (स्ट्यान्डर्ड र वाइड-एङ्गल), तीनवटा माइक्रोफोन, स्पिकर र किनारमा भौतिक बटन राखिएको छ। चार्जिङको लागि म्याग्नेटिक इन्डक्टिभ चार्जिङको सुविधा रहने छ।

एप्पलले हालै सिरीलाई च्याटजीपीटीजस्तो च्याटबोटमा रूपान्तरण गर्ने योजना पनि बनाएको छ। यससँगै कम्पनीले जनरेटिभ एआई क्षेत्रमा आफ्नो उपस्थितिलाई बलियो बनाउन खोजिरहेको देखिन्छ।

द इन्फर्मेसनकाका अनुसार, कम्पनीले यस पिनलाई सन् २०२७ भित्र सार्वजनिक गर्ने योजना बनाएको छ र प्रारम्भमा करिब २० मिलियन युनिट उत्पादन गर्ने तयारी गरेको छ।

पिनको डिजाइन र सुविधा हेर्दा, प्रयोगकर्ताले वरिपरिको वातावरण फोटो वा भिडियोमा कैद गर्न सक्नेछन्। एप्पलले प्राइभेसीकेंद्रित कम्पनीको रूपमा आफूलाई प्रस्तुत गर्ने भएकाले, यस पिनको प्रयोग र गोपनीयता सम्बन्धी विवरणलाई कसरी सार्वजनिक गर्ने भन्ने कुरा अझै चुनौतीपूर्ण देखिन्छ।