कीवर्डहरू -

अपरेटिङ सिस्टमहरूको ब्रान्डिङमा एप्पलको ऐतिहासिक परिवर्तन, अब वर्ष आधारित नामाकरण प्रणाली

अपरेटिङ सिस्टमहरूको ब्रान्डिङमा एप्पलको ऐतिहासिक परिवर्तन, अब वर्ष आधारित नामाकरण प्रणाली

एप्पलले आफ्नो अपरेटिङ सिस्टमहरूको ब्रान्डिङमा ऐतिहासिक परिवर्तन गर्ने घोषणा गरेको छ। कम्पनीले वर्ल्ड वाइड डेभलपर कन्फेरेन्स (डब्लुडब्लुडीसी २०२५) सन् २०२६ देखि आफ्ना सम्पूर्ण अपरेटिङ सिस्टमहरूलाई वर्ष-आधारित नामाकरण प्रणालीमा रुपान्तरण गर्ने बताएको हो ।

अबदेखि आईओएस २६, आईप्याड ओएस २६, म्याक ओएस २६, भिजन ओएस २६ र टिभी ओएस २६ नामहरू प्रयोग गरिनेछ र हरेक वर्ष सोही ढाँचामा अगाडि बढाइनेछ ।

हाल एप्पलसँग भिजन प्रो हेडसेटको आगमनपछि ६ वटा फरक अपरेटिङ सिस्टम परिवारहरू छन् र तिनीहरूको छुट्टाछुट्टै नामाकरण प्रणालीले प्रयोगकर्ताहरूलाई पछिल्लो संस्करण बुझ्न गाह्रो पर्न थालेको थियो ।

यद्यपि, एप्पलका आईफोनहरूमा भने हालको आईफोन १५, आईफोन १६ जस्ता परम्परागत नाम प्रणाली यथावत रहनेछ ।