कीवर्डहरू -

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको आवेदन भोलिदेखि खुल्दै, अनलाइनबाट आवेदन दिन सकिने

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको आवेदन भोलिदेखि खुल्दै, अनलाइनबाट आवेदन दिन सकिने

नेपाल मेडिकल काउन्सिलले आगामी माघ १७ देखि १९ गते  सञ्चालन हुने ६८ औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) को अनलाईन आवेदन पुस २ गतेदेखि खुला हुने जनाएको छ । 

२०८० पुस २ देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्कसहित अनलाइनमार्फत फाराम बुझाउन सकिने काउन्सिलले बताएको छ । 

अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला रहने छ ।  परीक्षा सञ्चालन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुरमा कम्प्युटर प्रविधिबाट हुनेछ ।