कीवर्डहरू -

माध्यमिक तहका शिक्षकका लागि दरखास्त आह्वान, अनलाइनबाटै आवेदन दिन सकिने

माध्यमिक तहका शिक्षकका लागि दरखास्त आह्वान, अनलाइनबाटै आवेदन दिन सकिने

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय क्षेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशीतर्फ स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

पदपूर्ति खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट गरिने आयोगले जनाएको छ। योग्यता पुगेका इच्छुक उम्मेदवारले अनलाइन प्रणालीमार्फत आजबाट दरखास्त दिनसक्ने छन्।

इच्छुक व्यक्तिले आयोगको अनलाइन प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ। विज्ञापनको विस्तृत विवरण वेबसाइटमा राखिएको छ ।