कीवर्डहरू -

चौथो संस्करणको भिजा एक्सेलरेटर कार्यक्रमका लागि आवेदन खुला, यसरी दिनुहोस् आवेदन

चौथो संस्करणको भिजा एक्सेलरेटर कार्यक्रमका लागि आवेदन खुला, यसरी दिनुहोस् आवेदन

नेपालमा चौथो संस्करणको भिजा एक्सेलरेटर कार्यक्रमका लागि आवेदन खुला भएको छ । भिजाका भुक्तानी विशेषज्ञहरूसँग सहकार्य गरेर नेपालमा स्टार्टअपहरूलाई विकासको सम्भावनाका ढोका खोल्न गर्न सक्षम बनाउने उद्देश्यले आवेदन खुला गरिएको हो । 

यस संस्करण कृत्रिम बुद्धिमत्ता (एआई), विश्वव्यापी मुद्रा आवगमन र भविष्यको लोयल्टी, माइक्रो, साना र मध्यम व्यवसायहरू (एमएसएई) र डिजिटल स्वीकृति जस्ता क्षेत्रहरूमा जोड दिँदै एम्बेडेड फाइनान्समा केन्द्रित छ ।

कार्यक्रमको शुभारम्भमा बोल्दै भिजा नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्या बसुले आउने पेमेन्ट इनोभेटरहरूलाई भिजा एक्सेलेटर कार्यक्रममा आमन्त्रित गर्न पाउँदा र भिजामार्फत चुनौतीहरू समाधान गर्न सशक्त बनाउन पाउँदा खुसी लागेको बताए । 

‘कार्यक्रमले स्टार्टअपहरूलाई विषयवस्तुका विज्ञहरूसँग काम गर्ने अवसर प्रदान गर्ने र समाधान वास्तविक रूपमा परीक्षण गर्न, विकास गर्नको लागि अवसर प्रदान गर्नेछ,’ उनले भने, ‘हामी सकारात्मक भुक्तानी अनुभवमार्फत निर्बाध रूपमा सुरक्षित पैसा आवागमन सक्षम गरेर विश्वव्यापी भुक्तानीको लागि गतिको अर्को लहर चलाउने लक्ष्य राख्दछौं ।’ 

अगाडि बढ्न चाहने स्टार्टअपहरूलाई यस कार्यक्रमले सम्भावित सहयोग र द्रुत वृद्धिको साथ अवधारणाको प्रमाण, उत्पादन समाधानहरू, र द्रुत ट्रयाक गरिएको व्यावसायीकरणमा जोड दिने जनाइएको छ ।  

एशिया–प्रशान्त क्षेत्रबाट छानिएका स्टार्टअपहरूको समूहले कार्यक्रममार्फत भुक्तानी इकोसिस्टमको विकसित चुनौतीहरूलाई सम्बोधन गर्नेछ । छनौट भएको समूहले नयाँ समाधानहरूको सह–विकास, परीक्षण र पुनरावृत्ति पनि गर्नेछन् र भिजाको वित्तीय संस्थाहरू, व्यवसायीहरू र डिजिटल साझेदारहरूको व्यापक सञ्जाललाई मूर्त गो–टु–मार्केटको अवसरहरू पाउनेछन् ।

भिजा एक्सेलरेटर कार्यक्रमका लागि आगामी फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । आवेदन पश्चात छानिएका स्टार्टअपहरू मेदेखि नोभेम्बर २०२४ सम्म संचालन हुने कार्यक्रम सहभागी हुन पाउनेछन् ।