कीवर्डहरू -

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग गरेको छ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति सिफारिसका लागि मन्त्रालयले दरखास्त माग गरेको हो । 

आवेदन दिनका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । यस्तै मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानून, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । 

त्यसैगरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायमा १२ वर्षको कार्य अनुभव र व्यवस्थापकीय पदमा काम गरेको अनुभव भएको हुनुपर्ने छ ।

व्यवस्थापकीय पद भन्नाले तहगत व्यवस्था भएका निकायका हकमा दसौं वा सो भन्दा माथिल्लो तह र श्रेणीगत व्यवस्था भएका निकायको हकमा राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिको श्रेणीलाई बुझाउने छ । 

योग्यता पुगेका इच्छुकले बायोडाटा, शैक्षिक प्रमाणपत्र, फोटो, अनुभव खुल्ने प्रमाणपत्रसहित आवश्यक कागजात लिएर १५ दिनभित्र मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त बुझाउन सकिने छ । 

यस्तो छ सूचना 

null