कीवर्डहरू -

तेह्रौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला

तेह्रौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला

नेपालका लागि तेह्रौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला गरिएको छ । कार्यक्रमको सिनियर विधामा जुलाई १, २००६ वा त्यसपछि जन्मेका हाल कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरूले भाग लिन पाउनेछन् ।

त्यसैगरी, जुनियर विधामा जुलाई १, २०१० वा त्यसपछि जन्मेका कक्षा हाल ८ देखी १० सम्म अध्ययनरत विद्यार्थीहरूले भाग लिन पाउनेछन् । ईच्छुक विद्यार्थीहरूले पुष २५, २०८२ सम्म अनलाइन फारम भरी आफ्नो नाम दर्ता गर्न सक्नेछन् । आवेदन संबन्धि सम्पूर्ण जानकारी www.nepalastronomicalsociety.org/olympiad मा उपलब्ध छ ।

कार्यक्रमको पहिलो चरणको परीक्षा आगामी माघ ३ गते शनिवार दिउँसो १२ बजे देखि २ बजे सम्म ईटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, बिरेन्द्रनगर, धनगडीमा एकै पटक सञ्चालन गरिनेछ । तीन चरणमा संचालन गरिने यो कार्यक्रमको अन्तिम चरण मार्फत् प्रत्येक विधामा वढीमा १० विद्यार्थीहरुलाई २०२६ मा आयोजना हुने अन्तरास्ट्रिय प्रतियोगिताहरूमा भाग लिने मौका प्रदान गरिनेछ ।

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड-नेपाल एक शैक्षिक प्रतियोगिता हो जसमा नेपालमा रहेका कक्षा १२ सम्म अध्ययनरत २० वर्ष भन्दा मुनिका विद्यार्थी/नेपाली नागरिकले सहभागिताको लागि आवेदन दर्ता गर्न सक्दछन् ।