कीवर्डहरू -

के तपाई पप-अप नोटिफिकेसनले हैरान हुनुहुन्छ ? यसरी बन्द गर्नुहोस्

के तपाई पप-अप नोटिफिकेसनले हैरान हुनुहुन्छ ? यसरी बन्द गर्नुहोस्

यदि तपाईसँग स्मार्टफोन छ भने पक्कै पनि पप–अप सूचना आउने समस्याको सामना गर्नुभएकै होला । धेरै पटक महत्त्वपूर्ण कामको बीचमा पप-अप नोटिफिकेसनले तपाईंको फोकस बिगार्छ र कहिलेकाहीँ काम पनि बिग्रन सक्ने सम्भावना हुन्छ ।

यदि तपाई पनि आफ्नो फोनमा आउने पप-अप नोटिफिकेशनबाट हैरान हुनुहुन्छ भने यो खबर तपाईको लागि उपयोगी हुने छ ।

आज हामी तपाईलाई एन्ड्रोइडस्मार्टफोनमा पप-अप सूचनाहरू कसरी बन्द गर्ने भनेर जानकारी दिदै छौं । यसका लागि सबैभन्दा पहिले आफ्नो स्मार्टफोनको क्रोम ब्राउजरमा जानुहोस् । अब शीर्ष बायाँ कुनामा देखिने तीनवटा थोप्लामा क्लिक गर्नुहोस् । 

त्यसपछि तपाई यहाँ सेटिङको विकल्प पाउनुहुनेछ ।  अब तल स्क्रोल गर्नुहोस् र 'साइट सेटिङ्स' विकल्प ट्याप गर्नुहोस् ।

अब तपाई सामग्री सेक्सनमा जानु पर्छ र ’पप–अप र रिडाइरेक्ट’ को विकल्पमा क्लिक गर्नुहोस् । अब तपाईं यहाँबाट यो विकल्प असक्षम गरेर पप अप सूचनाहरू बन्द गर्न सक्नुहुन्छ ।