कीवर्डहरू -

स्मार्टफोन चार्ज नहुने समस्याबाट हैरान हुनुहुन्छ ? यी हुन सक्छन् उपयोगी टिप्स

स्मार्टफोन चार्ज नहुने समस्याबाट हैरान हुनुहुन्छ ? यी हुन सक्छन् उपयोगी टिप्स

तपाईंले आपतकालीन अवस्थामा कसैलाई कल गर्न चाहनुभयो । तर, अचानक देख्नुभयो कि तपाईंको स्मार्टफोनको ब्याट्री १ प्रतिशत मात्र छ ।

तपाईं दौडेर फोनलाई चार्जरमा जोड्नुहुन्छ, तर पत्ता लाग्छ कि चार्जर नै काम गरिरहेको छैन् । यस्तो अवस्थामा तपाईं निकै तनावमा पर्न सक्नुहुन्छ ।

धेरै पटक आवश्यक समयमा स्मार्टफोनमा चार्जिङ समस्या आउँछ, जसले हामीलाई हैरान बनाउँछ । चार्जिङ समस्या न केवल झन्झटिलो हुन्छ, बरु जब आपतकालीन अवस्थामा तपाईं आफ्नो डिभाइसमा सबैभन्दा बढी भर पर्नुहुन्छ, त्यतिबेला यो झन् गम्भीर समस्या बन्छ ।

राम्रो कुरा के छ भने, प्रायः चार्जिङ नहुने समस्याहरूलाई केही सजिला उपायहरू अपनाएर समाधान गर्न सकिन्छ । यहाँ हामी तपाईंको स्मार्टफोनको चार्जिङ समस्याहरू समाधान गर्न मद्दत गर्ने केही सरल स्टेप्स, टिप्स, र ट्रिक्सहरू साझा गर्दैछौं । हामी सामान्य कारणहरू र तिनका समाधानबारे चर्चा गर्दैछौं, ताकि तपाईं कुनै अवरोधबिना आफ्नो काम गर्न सक्नुहोस् ।

ब्याकग्राउन्ड एपहरू

हाम्रो फोनमा धेरै एपहरू ब्याकग्राउन्डमा सक्रिय रहन्छन् । यी एपहरू ब्याट्री खपत गर्ने प्रमुख कारणमध्ये एक हुन् । यसको कारणले गर्दा चार्जर जोड्दा पनि डिभाइस चार्ज नहुन सक्छ । त्यसैले, फोनमा ब्याकग्राउन्डमा चलिरहेका एपहरू बन्द गर्नुहोस् र त्यसपछि चार्ज गर्न सुरु गर्नुहोस् ।

रीस्टार्ट गर्नुहोस्

यदि तपाईंको स्मार्टफोन चार्ज भइरहेको छैन भने नआत्तिनुहोस् । सबैभन्दा सजिलो उपाय भनेको आफ्नो डिभाइस स्विच अफ गरेर केही मिनेट कुर्नु हो । त्यसपछि, फोनलाई पुनः अन गर्नुहोस् । यसले साना ग्लिचहरू समाधान गर्न सक्छ, जसले गर्दा फोन चार्ज हुन थाल्छ ।

चार्जिङ केबल जाँच गर्नुहोस्

धेरै पटक हामीलाई थाहा नै हुँदैन कि हाम्रो चार्जर बिग्रिएको हुनसक्छ, जसले डिभाइस चार्ज हुन दिँदैन् । यसको परीक्षण गर्नका लागि, चार्जरलाई कुनै अर्को डिभाइसमा जोडेर हेर्नुहोस् कि यो काम गरिरहेको छ कि छैन् । यदि काम गरिरहेको छैन भने, आफ्नो स्मार्टफोन ब्रान्डको आधिकारिक स्टोरमा गएर ओरिजिनल चार्जिङ केबल किन्नुहोस् ।

चार्जिङ पोर्ट सफा गर्नुहोस्

चार्जिङ पोर्टमा धुलो र फोहोर जम्मा भएका कारण पनि स्मार्टफोन चार्ज नहुन सक्छ। त्यसैले, समय–समयमा चार्जिङ पोर्ट सफा गर्नुपर्छ ।  तर, यसमा कुनै पनि लिक्विड प्रयोग नगर्नुहोस् । सफा र नरम कपडाले पोर्ट सफा गर्ने प्रयास गर्नुहोस् ।

यदि माथि बताइएका टिप्सहरू पालन गरेपछि पनि तपाईंको फोन चार्ज भइरहेको छैन भने, नजिकको सेवा केन्द्रमा लैजानुहोस् र रिपेयर गराउनुहोस् ।