कीवर्डहरू -

एटीएमबाट पैसा निकाल्दै हुनुहुन्छ ? ठगीबाट बच्न यी कुरा सधैं ख्याल गर्नुहोस्

एटीएमबाट पैसा निकाल्दै हुनुहुन्छ ? ठगीबाट बच्न यी कुरा सधैं ख्याल गर्नुहोस्

पछिल्लो समय नेपालमा पनि डिजिटल भुक्तानी बढ्दै गएको छ । तरकारी फुलफुलदेखि ठूला ठूला मलसम्म अनलाइनबाटै भुक्तानी गर्न मिल्छ । तर अझै पनि नेपाल पूर्ण डिजिटाइज भएको छैन् ।

कहिलेकाँही हामीलाई नगदको आवश्यता पर्दछ । आवश्यक परेको बेला नगद निकाल्ने हाम्रो सजिलो माध्यम भनेको एटीएम हो ।

तर एटिएमबाट पैसा निकाल्दा कहिलेकाँही सानो लापरवाहीले तपाईलाई ठूलो नोक्सानी हुन सक्छ । ठगी गर्नेहरूले तपाईको एक गल्तीको फाइदा उठाएर बैंक अकाउन्टनै  खाली गर्न सक्छन् । 
आज हामी तपाईंलाई एटीएम ठगी र त्यसबाट बच्ने उपायहरूबारे जानकारी दिदैछौं  ।

कस्टमर सर्भिसमा कल गर्दा गल्ती

यस्ता धेरै घटना बाहिर आएका छन्, जसमा एटीएम मेसिनमा मानिसको कार्ड अड्किएको गुनासो आउने गरेको छ । धेरै पटक मेसिनमा कार्ड अड्किन्छ र आत्तिएर हामी त्यहाँ लेखिएको ग्राहक सेवा नम्बरमा फोन गर्छौं, तर यहाँ तपाईंले धेरै सावधान रहनु आवश्यक छ ।

कहिलेकाँही ठगहरूले एटीएममा कार्ड अड्काएका हुन् सक्छन् । ठगहरूले कार्ड बोक्ने पोर्टमा अर्को मेसिन इन्स्टल गर्छन् र त्यसपछि ग्राहक सेवा नम्बरको रूपमा आफ्नो नम्बर टाँसेर छोड्छन् । 

कल गर्नु अघि नम्बर कुन तरिकाबाट लेखिएको छ त्यसको निश्चित रूपमा जाँच गर्नु उपयुक्त हुन्छ । यदि कुनै सामान्य कागजमा नम्बर लेखेर टाँसिएको छ भने, त्यसमा कल नगर्नुहोस् ।

मेसिन जाँच गर्ने

एटिएमबाट पैसा निकाल्नु अघि र एटिएमभित्र जाने बित्तिकै, तपाईले गर्नु पर्ने काम भनेको राम्रोसँग जाँच गर्नु हो । वरिपरि हेर्नुहोस्, कुनै लुकेका क्यामेराहरू छन् कि । तपाईंलेएटीएम कार्ड स्लट पनि जाँच गर्नुहोस् । धेरै पटक कार्ड स्लटहरू वरिपरि कार्ड रिडर चिपहरू राखिएको हुन्छ, जसले एटीएम कार्ड डाटा र पिन कोड जानकारी चोर्न सक्छ । मेसिनमा केही नौलो त छैन् नी भनेर याद गर्नु आवश्यक हुन्छ ।

पिन इन्टर गर्दा सावधान हुनुपर्ने

यदि तपाईंको एटीएम पिन अपराधीहरूको लागि उपलब्ध छैन भने, तपाईंको खातामा छिर्न गाह्रो हुन्छ । यस्तो अवस्थामा एटीएम पिन धेरै सावधानीपूर्वक प्रयोग गर्नुपर्छ । एटीएम भित्र पैसा निकाल्न जाँदा त्यहाँ अरू कोही व्यक्ति हुनुहुँदैन् ।

यदि त्यहाँ अरू कोही उपस्थित छन् भने, उसलाई बाहिर जान वा पिन लुकाएर इन्टर गर्नुपर्छ । पिन इन्टर गर्दा, आफ्नो हातले एटिएम किबोर्ड छोप्नुहोस् र सकेसम्म मेसिनको नजिक उभिनुहोस् । ताकि कसैले तपाईको पिन नदेखोस् । 

एटीएम पिन र कार्ड कसैलाई नदिनुहोस्

धेरै पटक हामीले आफ्नो एटीएम कार्ड र पिन हाम्रा साथी वा आफन्तहरूलाई हतारमा वा आपतकालीन अवस्थामा पैसा निकाल्न दिन्छौं । यस्तो गल्तीबाट बच्नुपर्छ । अचेल यस्ता घटना पनि बाहिर आउन थालेका छन्, जसमा नजिकका मान्छे नै ठगीमा संलग्न हुन्छन् । यदि तपाईंले कसैलाई एटीएम कार्ड दिनु छ भने, तुरुन्तै कार्डको पिन परिवर्तन गर्नुहोस् र कारोबार के के भएको छ भनेर याद राख्नुहोस् ।

एटिएममा कसैको सहयोग नलिनुहोस्

एटिएममा अपरिचित व्यक्तिको मद्दत लिनु हानिकारक हुन सक्छ । पैसा झिक्न अलि बढी समय लागे पनि एटीएम नजिक कसैलाई आउन नदिनुहोस् र आफ्नो कार्ड र पिन बिर्सिए पनि अरुलाई मद्दतका लागि नभन्नुहोस् ।