कीवर्डहरू -

बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रबाटै केवाईसी विवरण पाउने व्यवस्था गरिने

बैंक तथा वित्तीय संस्थाले  राष्ट्रिय परिचयपत्रबाटै केवाईसी विवरण पाउने व्यवस्था गरिने

नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गर्ने भएको छ । 

आगामी आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो जानकारी दिएका हुन् ।  

‘बैंक तथा वित्तीय संस्था एवम् अन्य वित्तीय सेवा प्रदायकको ग्राहक पहिचान (KYC) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिनेछ। ग्राहकले कुनै एक बैंकमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्नसक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिनेछ ।’