कीवर्डहरू -

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ८३ जना पक्राउ

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ८३ जना पक्राउ

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ८३ जना पक्राउ परेका छन् ।

असोज २८ गते काठमाण्डौका विभिन्न स्थानहरुबाट अनाधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने कृयाकलापमा संलग्न ८३ जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनीहरूलाई नियन्त्रण लिइ आवश्यक कारबाही गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भएका कारण अफलाइन राइड शेयर नगर्न समेत प्रहरीले अनुरोध गरेको छ ।