कीवर्डहरू -

सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन् । साइबर ब्यूरोले सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिने संखुवासभाका ५२ वर्षीय नरेन्द्र राज राईलाई पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जाल मोनिटरिङका क्रममा सामाजिक सञ्जाल फेसबुक लगायत डिजिटल प्लेटफर्मबाट धार्मिक सहिष्णुता माथि आघात पुऱ्याउने तथा घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने सामाग्री तयार गरी प्रसारण गरेको पाइएको ब्यूरोले जनाएको छ । 

राइमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय संखुवासभाको समन्वयमा माघ २५ गते पक्राउ गरी जिल्ला अदालत काठमाडौँको आदेशले पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।