कीवर्डहरू -

राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार भट्टलाई पक्राउ गरेको हो । 

टुटलका तत्कालीन साझेदारले भट्टमाथि प्रतिलिपि अधिकारको उलङ्घन र आपराधिक विश्वासघात गरेको भन्दै नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । सो उजुरीको आधारमा भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

सन् २०१७ मा सुरू भएको टुटल केही समय अगाडि बन्द भएको थियो । त्यसपछि गत भदौमा ज्याप नामक कम्पनीले टुटललाई पुनः सञ्चालनमा ल्याएको थियो ।