कीवर्डहरू -

अख्तियारद्वारा सुनिल पौडेल र विकल पौडेल पक्राउ

अख्तियारद्वारा सुनिल पौडेल र विकल पौडेल पक्राउ

अख्तियार दूरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ गरेको छ ।

बुधबार अख्तियारले सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणमा मुछिएका सुनिल पौडेल र विकल पौडेललाई नियन्त्रणमा लिएको हो । 

दुवै माथी विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियारले गत असोजमा २०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो ।

त्यस्तै गत वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रूपैयाँ मागदाबीसहित अख्तियारले दायर गरेको थियो ।