असुसले नेपालमा रिपब्लिक अफ गेमर्स (ROG) ब्रान्डको अत्याधुनिक गेमिङ ल्यापटप जेफाइरस जी १६ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
अत्याधुनिक डिजाइन, उच्च प्रदर्शन, र सस्तो तौलको संयोजनमा निर्माण गरिएको यो ल्यापटप गेमर तथा कन्टेन्ट क्रिएटरहरूका लागि लक्षित गरेर ल्याइएको हो ।
नयाँ जेफाइरस जी १६ मा इन्टेलको नेक्स्ट-जेन ‘Core Ultra 9 Processor 285H’ र एनभिडियाको ‘GeForce RTX 5070 Ti’ GPU प्रयोग गरिएको छ, जसले खेलहरूमा उच्च फ्रेमरेट तथा सहज अनुभव प्रदान गर्नेछ ।
यसमा अधिकतम ६४ जीबी र्याम र ठूलो स्टोरेज विकल्प उपलब्ध छ । थर्मल प्रणाली पनि अत्यन्तै प्रभावकारी बनाइएको छ। जेफाइरस जी १६ मा ‘ROG Intelligent Cooling’ प्रविधि, लिक्विड मेटल थर्मल कम्पाउन्ड, र ‘Tri-Fan’ तथा ‘Vapor Chamber’ जस्ता आधुनिक प्रविधिहरूको प्रयोग गरिएको छ, जसले ल्यापटपलाई चिसो राख्न सहयोग गर्छ ।
डिस्प्लेतर्फ हेर्दा, यसमा १६ इन्चको ओएलईडी आरओजी नेबुल डिस्प्ले रहेको छ, जसले २.५के रिजोल्युसन, २४०Hz रिफ्रेश रेट, र १०० प्रतिशत DCI-P3 कलर गामट सपोर्ट गर्दछ । यसले गेमिङका साथै भिडियो सम्पादन तथा ग्राफिक्स कामहरूमा पनि उत्कृष्ट दृश्य अनुभव दिने बताइएको छ ।