कीवर्डहरू -

खरिद गरेका सफ्टवेयरको सोर्स कोड नियन्त्रणको सुनिश्चितता गर्न सार्वजनिक निकायलाई अख्तियारको सुझाव

खरिद गरेका सफ्टवेयरको सोर्स कोड नियन्त्रणको सुनिश्चितता गर्न सार्वजनिक निकायलाई अख्तियारको सुझाव

आफूले खरिद गरेका सफ्टवेयरको सोर्स कोड नियन्त्रणको सुनिश्चितता गर्न अख्तियारले सार्वजनिक निकायलाई दुझाव दिएको छ ।

अख्तियारले नियामक निकाय र सार्वजनिक संस्थानलाई सुझाव दिदै सफ्टवेयरको सोर्स कोड नियन्त्रणको सुनिश्चितता गर्न सुझाव दिएको हो । 

‘सबै सार्वजनिक निकायले आफूले खरिद गरेका सफ्टवेयरको Source code आफ्नै कर्मचारीबाट प्राप्ति, नियन्त्रण वा प्रयोगको सुनिश्चितता गर्ने,’ सुझावमा भनिएको छ, ‘सफ्टवेयर निर्माण, खरिद वा एकीकरण गर्नुपूर्व तथ्याङ्कको गोपनीयता, सुरक्षा एवं एकरुपता सुनिश्चितता गर्ने ।’ 

सबै सरकारी सफ्टवेयरको सेक्युरिटी अडिट अनिवार्य रूपमा गर्ने व्यवस्था गर्न समेत सुझाव दिएको छ ।