कीवर्डहरू -

एडब्ल्यूएस वुमन समिट सम्पन्न

एडब्ल्यूएस वुमन समिट सम्पन्न

एडब्ल्यूएस युज ग्रुप वुमन इन टेक नेपालले एडब्ल्यूएस वुमन समिट नेपाल २०२५ सम्पन्न भएको छ । प्रविधि क्षेत्रका प्रोफेसनल, नेतृत्वकर्ता र क्लाउड कम्प्युटिङमा रूची राख्नेहरूलाई एउटै मंचमा ल्याउने उदेश्यसहित समिट आयोजना गरिएको थियो । 

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भएको कार्यक्रममा क्लाउड प्रविधिको भविष्य तथा प्रविधि क्षेत्रमा समावेशिताको आवश्यकता माथि गहन छलफल भएको आयोजकले जनाएको छ । 

फागुन २५ गते केएमसी कलेज काठमाडौंमा बिहान ९ बजेदेखि साढे चारबजेसम्म आयोजना भएको समिटको मुख्य विषय ‘क्लाउड युगमा विविधता, समानता र समावेशिता’ रहेको थियो ।

कार्यक्रममा किनोट स्पिकरको रूपमा एडब्लुएसकी डेभलपर रिलेसन प्रमुख मौना नीलकण्ठको उपस्थिति रहेको थियो । समिटमा रमसनकी सह-संस्थापक रूमी सिंहले ब्लकचेन स्टार्टअप तथा आरेता पब्लिक रिलेसन्सकी संस्थापक रूची पाण्डेले पीआर र पर्सनल ब्रान्डिङ बारे जानकारी दिएकी थिइन् ।

समिटमा प्यानल सवाद समेत आयोजना भएको थियो, जसमा वक्ताको रूपमा प्रडक्ट एण्ड इन्जिनियर म्यानेजर कृपा श्रेष्ठ, द ग्रेट नेपाली डायस्पोराकी संस्थापक प्रिति अधिकारी, क्लाउड इन्जिनियर प्रशंशा जोशी र योङ इन्नोभेसनका संस्थापक विभुषण विष्ट रहेका छन् । प्यानल शत्रलाई वर्ष भण्डारीले सहजीकरण गरेकी थिइन । 

यस बाहेक कार्यक्रमका वक्ताको रूपमा देश दिपक धोबी, गंगा सुब्बा, आरके दाहाल, देवी भट्टराई, सदिक्षा दाहाल, मुना भट्टराई र निखिल केसी रहेका थिए । समिटमा एडब्लुएस जेनएआई र एडब्लुएस क्लाउडको बारेमा टेक्निल शत्र समेत भएको थियो । 

कार्यक्रमलाई नास आईटी, काठमाडौं मोडल कलेज (केएमसी), मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), आइडिया स्टुडियो नेपाल लगायतले सहयोग गरेका थिए ।