कीवर्डहरू -

बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको सुरुवात, जोखिम र रिकभरी समयलाई कम गर्ने

बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको सुरुवात, जोखिम र रिकभरी समयलाई कम गर्ने

बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलतापूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । 

यो उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा भएको अस्पतालले जनाएको छ । यसले शल्यक्रिया गर्ने तरिकामा आमूल परिवर्तन ल्याउने र बिरामीको स्वास्थ्योपचारमा अझ सुधार गर्ने विश्वास गरिएको छ । 

यस अत्याधुनिक शल्यक्रिया प्रविधिले सुक्ष्म शल्यक्रियाको प्रक्रियालाई पनि अत्यन्त सटीकताका साथ सम्भव रिकभरी समय कम गर्दै बिरामीका लागि छिटो स्वास्थ्यलाभ गराउन मद्दत गर्नेछ । 

उच्च प्रशिक्षित सर्जनहरूद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा सटिकता र दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवाप्रदान गर्ने नयाँ मापदण्ड स्थापित गरेको अस्पतालको भनाइ छ । 

बी एण्ड बी अस्पतालका प्रा. डा. जगदीशलाल बैद्यले यस नवीन प्रविधि बिरामीहरूलाई विश्वस्तरीय चिकित्सा सेवाप्रदान गर्ने प्रतिबद्धतामा महत्वपूर्ण कदम भएको बताए । 

रोबोटिक शल्यक्रियाले केवल शल्यक्रिया प्रक्रियाको गुणस्तर बढाउने मात्र नभएर परम्परागत शल्यक्रियासँग सम्बन्धित जोखिम र रिकभरी समयलाई पनि कम गर्ने उनको भनाइ छ ।