कीवर्डहरू -

त्रिविले खुलायो ब्याचलर इन डेटा साइन्समा भर्ना, यसरी दिनुहोस् अनलाइन आवेदन

त्रिविले खुलायो ब्याचलर इन डेटा साइन्समा भर्ना, यसरी दिनुहोस् अनलाइन आवेदन

त्रिभुन विश्वविद्यालयले चार वर्षे ब्याचलर इन डेटा साइन्समा भर्ना खुलाएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान स्कूलमा सेमेष्टर प्रणाली अनुसार स्नातक तहको डेटा साईन्स पठन पाठन हुनेछ । 

यस वर्षदेखि सुरू हुन लागेको यस कोर्ष अध्ययन गर्न प्लस टु वा सो सरहहको परीक्षामा न्यूनतम जीपीए १.८ प्राप्त गरी उत्तीर्ण गरेको वा त्रिविबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षामा कम्तिमा दोस्रो श्रेणीमा उत्तिर्ण गरेकोको हुनुपर्नेछ । 

यस्तै ए लेभलको परीक्षामा न्यूनतम डी ग्रेड ल्याई उत्तिर्ण गरेको वा सीटीभीटीबाट जुनसुकै विषयमा तिनवर्षे डिप्लोमा तहमा कम्तिमा द्वितिय श्रेणिमा उत्तिर्ण गरेको हुनुपर्नेछ भने विदेशी शैक्षिक संस्थाबाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरबाट समकक्षता प्राप्त गरेको कागजात पेश गर्नुपर्नेछ ।

कसरी भर्ने अनलाइन फाराम ? 

अनलाइन फाराम भर्न सुरूमा गणित स्कूलको वेबसाइट sms.tu.edu.np मा जानुहोस् । त्यसपछि अप्लाई अनलाइन लेखिएको ठाउँमा क्लिक गर्नुहोस् । अनि ब्याचलर्स इन डेटा साइन्समा क्लिक गरेर आफ्नो विवरण भरी २ हजार रूपैयाँ प्रवेश परीक्षा शुल्क भुक्तानी गर्नुपर्नेछ । 

बैंक भौचर वा अनलाइनबाट रकम जम्मा गर्दा विद्यार्थीले आफ्‌नो पुरा नाम थर अनिवार्य रुपमा लेख्नुपर्नेछ । बैंक भौचर काटी सकेपछि परीक्षा शुल्क वापत बुझाएको रकम फिर्ता हुने छैन ।
लिखित, अन्तर्वार्ता र शैक्षिक योग्यताको आधारमा नयाँ भर्ना लिईनेछ । जस अन्तर्गत लिखित परीक्षाको ८०, अन्तर्वार्ता १० र शैक्षिक योग्यताको १० गरी कुल १०० पूर्णाङ्गको प्राप्तान्नको आधारमा योग्यताक्रम सूचि प्रकाशित गरीनेछ ।

यस्तै प्रवेश परीक्षमा गणित (३० पूर्णांक), अंग्रेजी (३० पूर्णांक) तथा सामान्य ज्ञान र आईक्यु (२० पूर्णांक) गरी विषयको १ घण्टा ४५ मिनेटको ८० पूर्णाङ्गको बहुवैकल्पिक प्रश्नहरु सोधिने छ । 
लिखित परीक्षा उत्तिर्ण हुन ३५ प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ भने लिखित परीक्षाको नमुना प्रश्नपत्र स्कूलको वेभसाइट वाट प्राप्त गर्न सकिनेछ । 

लिखित परीक्षा र अन्तर्वार्ता हुने मिति र समय पछि प्रकाशित गरिनेछ । साथै त्रिवि सेमेष्टर प्रणाली संचालन विनियम २०७४ अनुसार जम्मा ४० सिटमा ८० प्रतिशत (३२ जना) खुल्ला र २० प्रतिशत (८ जना) समावेशी कोटाको आधारमा भर्ना लिइनेछ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थान छात्रवृत्ति सम्बन्धि निर्देशिका २०७९ अनुसार प्रत्येक सेमेप्टरमा जेहेन्दार छात्रवृत्ति (एकजना छात्र र एकजना छात्रालाई) र १० प्रतिशत विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ ।

विश्व बजारमा उत्कृष्ट कोर्षको रुपमा चिनिएको डेटा साईन्स कार्यक्रम १२ कक्षाको नतिजा कुरेर बसेका विद्यार्थीहरुका लागि राम्रो अवसर हुनेछ । 

८ सेमेष्टरमा चार वर्षसम्म पढाइ हुने यस कोर्षमा सी, आर, पाइथन प्रोग्रामिङ ल्याङ्वेज, मेसिङ लर्निङ, बिग डेटा, क्लाउड कम्प्युटिङ, डिप लर्निङ, डेटा सेक्युरिटी, ब्लकचेन, डिजिटल मार्केटिङ, एनालाइटिकल, मोडलिङ, सिमुलेटिङ जस्ता विषयहरू अध्यापन हुनेछन् ।