बागमती प्रदेशलाई सूचना प्रविधि हबको रुपमा विकास गरिने भएको छ । आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले यस्तो बताएका हुन् ।
'विज्ञान तथा प्रविधिको विकासलाई जोड दिँदै बागमती प्रदेशका प्रतिभाहरूको पहिचान तथा क्षमता विकासका लागि प्रदर्शनी एवम् विज्ञान मेलाहरू आयोजना गरिनेछ। सूचना प्रविधिको क्षेत्रमा लगानी विस्तार गरी बागमती प्रदेशलाई सूचना प्रविधि हबको रुपमा विकास गरिनेछ। निजी क्षेत्रको सहकार्यमा काठमाडौंको कीर्तिपुरमा सूचना प्रविधि सिकाइ केन्द्र स्थापनाका लागि अध्ययन गरिनेछ। यी कार्यहरुको लागि रु. ६ करोड विनियोजन गरेको छु,' उनले भने ।
सवारी चालक अनुमतिपत्र, सवारी दर्ता र प्रदूषण परीक्षण प्रमाणपत्रलाई एकीकृत गरी क्युआर कोड मार्फत नियमन र प्रमाणीकरणको लागि ५ करोड विनियोजन भएको छ ।
राइड सेयरिङ सेवालाई कानुनी दायरामा ल्याई नियमन, गुणस्तर र सुरक्षाको मापदण्ड स्थापित गरिने समेत बजेटमा उल्लेख गरिएको छ ।
साथ सवारी साधनको पहिचान र सुरक्षा सुनिश्चित गर्न सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने बताइएको छ ।