त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, वेलुन नउडाउन अनुरोध गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, वेलुन उडाउने कार्य तथा लेजर लाईटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न कार्यालयले अनुरोध गरेको हो ।
कसैले अवज्ञा वा अटेर गरी चङ्गा, ड्रोन, वेलुन उडाएमा प्रचलित कानून वमोजिम कडा कारवाही हुने चेतावनी समेत दिइएको छ ।

 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      