कीवर्डहरू -

बससेवाको नयाँ वर्ष अफर, हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्ने

बससेवाको नयाँ वर्ष अफर, हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्ने

नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ८१ सालमा एक्कासी अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत बससेवा मार्फत टिकट काट्ने यात्रुमध्ये ८१ जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् ।

यस्तै हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्नेछन् । यो योजना चैत्र २५ गतेदेखि नयाँ वर्षको बैशाख ८ गतेसम्म सञ्चालन हुनेछ । विजेताहरुको नाम गोलाप्रथाबाट चयन गरिनेछ र उक्त गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको आधिकारिक फेशबुक पेजबाट गरिनेछ । 

नयाँ वर्षको अफर बारे जानकारी दिँदै बससेवाका बिजनेस डेभलपमेन्ट प्रमुख डेनिसजंग थापाले आम यात्रुलाई अनलाइनबाटै बस टिकट काट्नको लागि प्रोत्साहन होस् भन्ने उदेश्यले यो अफर सार्बजनिक गरेको बताए । 

बससेवा डटकमले नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ । साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल दैनिक ३ हजार भन्दा बढि यात्रुले बससेवा मार्फत टिकट काटी यात्रा गर्दै आएका छन् ।

यो बिचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उदेश्यले राजधानी काठमाडौको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ । सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा रहेका छन् भने लाउञ्बाट सिधै बस चढ्न सकिन्छ । जसले गर्दा यात्रुहरूलाई सडक बिनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।