कीवर्डहरू -

कस्तो छ सबैले पढ्न मिल्ने आईटी कोर्ष बीसीए ?

कस्तो छ सबैले पढ्न मिल्ने आईटी कोर्ष बीसीए ?

कक्षा १२ सकिसकेपछि स्नातक तहमा सूचना प्रविधि (आईटी) सम्बन्धी विभिन्न कोर्षहरु हुन्छन् । आइटी कोर्ष पढ्न पहिले प्लस टूमा अनिवार्य विज्ञान विषय पढ्नुपर्थ्यो ।

आईटीमै भविष्य बनाउने सोचेकाहरु विज्ञान नपढेका कारण आईटी पढ्न बञ्चित हुन्थे । सोही कुराको मध्यनजर गर्दै विश्वविद्यालयहरूले विज्ञानबाहेक अन्य विषयका विद्यार्थीका लागि आईटी कोर्ष ल्याउन थाले ।

यसै मध्येको एक हो, बीसीए अर्थात ब्याचलर इन कम्प्युटर एप्लिकेसन । यो कोर्ष पढ्न विद्यार्थीहरुले प्लस टुमा जुनसुकै विषय पढेको भएपनि हुन्छ । विज्ञान, व्यवस्थापन र मानविकी जुनसुकै विषय पढेकाले विद्यार्थीले पनि स्नातहमा बीसीए गर्न पाउँछन् ।

बीसीए कस्तो कोर्ष हो ?

ब्याचलर्स अफ कम्प्युटर एप्लिकेसन अर्थात बीसीए सन् १९९९ पूर्वाञ्चल विश्वविद्यालयबाट पढाउन थालिएको थियो । त्यसपछि २०७४ सालमा त्रिभुवन विश्वविद्यालयमा यो कोर्ष सुरू गरेको थियो ।

पछिल्लो समय नेपालमा पूर्वाञ्चल, पोखरा र त्रिभुवन विश्वविद्यालयले बीसीए कोर्ष पढाउँदै आएका छन् ।  साथै विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर केही कलेजले उक्त कोर्ष पढाइ रहेका छन् ।

बीसीए कोर्ष भनेको खासगरी कम्प्युटर एप्लिकेसन सम्बन्धी ह्युमन रिसोर्स विकास गर्ने कोर्ष हो । विद्यार्थीले कम्प्युटर एप्लिकेसनसँगै कम्प्युटर सिस्टमबारे पनि बीसीएमा अध्ययन गर्नुपर्ने हुन्छ ।

कस्ता विद्यार्थीहरु पढ्न पाउँछन् ?

बीसीए कोर्ष पढ्न प्लस टुमा जुनसुकै विषय पढेको भएपनि हुन्छ । यसमा सामान्य विद्यार्थी अर्थात डि प्लस ग्रेड ल्याएका विद्यार्थीले समेत पढ्न पाउँछन् । 

बीसीए अध्ययन गर्न कक्षा ११ र १२ का सबै विषयमा कम्तीमा ‘डी’ प्लस ग्रेड ल्याएर जीपीए २ भन्दा बढी ल्याएको हुनुपर्छ ।

कस्तो छ पाठ्यक्रम ?

बीसीएको पाठ्यक्रमभित्र आईटी कोर्ष बढी राखिएको छ । बीसीए १२६ क्रेडिट आवरको चार वर्षे ८ सेमेस्टरको कोर्ष हो । बीसीएमा ६० प्रतिशत कोर्ष आइटीसँग सम्बन्धित रहेको र ४० प्रतिशत म्यानेजमेन्ट तथा ह्युमानिटिज मिलाएर पढ्नुपर्ने हुन्छ । 

बीसीएमा कम्प्युटर एप्लिकेसन, सोसल साइन्स एन्ड म्यानेजमेन्ट,  क्रेडिट आवर इलेक्टिभ, म्याथम्याटिक्स एन्ड स्टाटिस्टिक्स, ल्यांग्वेज लगायतका विषय पढ्नुपर्ने हुन्छ ।

यसमा विद्यार्थीले चौंथो, छैटौं र आठौँ सेमेस्टरमा प्रोजेक्ट वर्क र सातौं सेमेस्टरमा इन्टर्नशिप गर्नुपर्ने हुन्छ ।

छात्रवृत्तिको व्यवस्था

बीसीए पढ्ने विद्यार्थीलाई कलेजहरूले छात्रवृत्ति दिदै आएका छन् । विश्वविद्यालय छात्रवृत्ति नतोके पनि विभिन्न कलेजहरुले छात्रवृत्ति दिइराखेका छन् । 

कुन-कुन कलेजमा हुन्छ पढाई ?

बीसीए कोर्ष अन्य कोर्षहरुभन्दा धेरै विद्यालयमा पढाइ हुने गर्दछ । विरेन्द्र मल्टिपल क्याम्पस चितवन, न्यु समिट कलेज काठमाडौं, क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट काठमाडौं, प्राइम कलेज नयाँ बजार काठमाडौं, नेसनल कलेज अफ कम्प्युटर स्टडिज काठमाडौं, नागार्जुन कलेज अफ आईटी ललितपुर, अर्किड इन्टरनेसनल कलेज काठमाडौं, मदन भण्डारी मेमोरियल कलेज काठमाडौं, काठमाडौं बर्नहार्ट कलेज काठमाडौं, एसियन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी काठमाडौं,सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी ललितपुर, टेक्सास इन्टरनेसनल कलेज काठमाडौं, एसियन कलेज अफ हायर स्टडिज काठमाडौं, निस्ट कलेज काभ्रे, नेसनल इन्फोटेक कलेज पर्सा, निहारिका कलेज मोरङ,बिराट क्षितिज कलेज मोरङ, बिराट दर्शन कलेज मोरङ,एम्स कलेज ललितपुर र हेटौडा सिटी कलेज मकवानपुरमा यो कोर्ष पढाइ हुन्छ ।

त्यस्तै, इन्द्रेणी कलेज चितवन, लुम्बिनी आईसीटी कलेज नवलपुर, नेपथ्य कलेज रुपन्देही, ट्रिनिटी इन्टरनेसनल कलेज काठमाडौं, समृद्धि कलेज लोकन्थली भक्तपुर, स्वस्तिक कलेज भक्तपुर,नेपालगञ्ज क्याम्पस बाँके, अम्बिकेश्वरी इन्फरमेसन एण्ड टेक्निकल क्याम्पस दाङ, बाँके बागेश्वरी कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट ललितपुर, एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट ललितपुर, ललितपुर इन्जिनियरिङ कलेज ललितपुर, सेण्ट लरेन्स कलेज काठमाडौं, हेनरी फोर्ड इन्टरनेशनल कलेज काठमाडौं, काभ्रे बहुमुखी क्याम्पस काभ्रे, सप्तगण्डकी वहुमुखी क्याम्पस चितवन, हेटौडा स्कुल अफ मेनेजमेन्ट एण्ड सोसल स्टडिज मकवानपुर,  मैयाँदेवी कन्या क्याम्पस चितवन, दमक बहुमुखी क्याम्पस झापा,  एवर्डिन इन्जिनियरिङ कलेज ललितपुर, मोडेल बहुमुखी कलेज जनकपुर, मोर्गन इन्टरनेसनल कलेज काठमाडौं, नव क्षितिज कलेज महोत्तरी, काठमाडौं शिक्षा क्याम्पस काठमाडौं, जनमैत्री बहुमुखी क्याम्पस काठमाडौं, जनभावना क्याम्पस ललितपुर,सहिद रामनाथ बहुमुखी क्याम्पस काठमाडौं,पशुपति बहुमुखी कलेज काठमाडौं,शहिद स्मारक कलेज काठमाडौं र गणेशमान सिंह क्याम्पस काठमाडौंमा पनि यो कोर्ष पढाइ हुन्छ ।

त्यसैगरी, ट्रिटन इन्टरनेशनल कलेज काठमाडौं, डीएभी कलेज अफ म्यानेजमेन्ट ललितपुर, तिनाउ टेक्निकल क्याम्पस, जया माल्टिपल क्याम्पस काठमाडौं, जेभियर इन्टनेसनल काठमाडौं, पद्यश्री इन्टरनेशनल कलेज काठमाडौं, कुमारी बहुमुखी क्याम्पस काठमाडौं,टेम्स इन्टरनेशनल कलेज काठमाडौं, डीडब्लूआईटी कलेज काठमाडौं र बज्र इन्टरनेशनल काठमाडौंमा यो कोर्षको अध्ययन अध्यापन हुने गरेको छ ।

यसका साथै, हिमालयन कलेज फर लर्निङ एक्सिलेन्स काठमाडौं, नेपाल मेगा कलेज काठमाडौं, द टाइम्स इन्टरनेसनल कलेज काठमाडौं, दिव्यज्ञान कलेज काठमाडौं, कलेज अफ एप्लाइड विजनेस काठमाडौं, ग्रिनफिल्ड नेसनल कलेज काठमाडौं, एभरेष्ट इन्नोभेट कलेज काठमाडौं, गोल्डेन गेट इन्टरनेशनल कलेज काठमाडौं, काठमाडौं मोडेल कलेज ललितपुर, रेन्बो इन्टरनेशनल कलेज काठमाडौं, के एन्ड के इन्टरनेशसनल कलेज काठमाडौं,रिलायन्स कलेज काठमाडौं, मेघा नेसनल कलेज ललितपुर, सहिद स्मारक कलेज चितवन, भिरेन्ची कलेज ललितपुर, युथ क्याम्पस जनकपुर,नेशनल इन्टिग्रेटेड कलेज काठमाडौं,सगरमाथा कलेज फर हायर स्टडिज काठमाडौं, युनाइटेड कलेज कुमारीपाटी रुपन्देही, कालिका कलेज रुपन्देही, साउथ वेस्टर्न स्टेट कलेज काठमाडौं, एम्विसन कलेज काठमाडौं, समाजिक कलेज भक्तपुर, एडमार्क कलेज काठमाडौं, सुनगाभा कलेज चितवन, अरुनिमा कलेज काठमाडौं, गिरिजा प्रसाद कोइराला मेमोरियल कलेज काठमाडौं, जनज्योती बहुमुखी क्याम्पस कञ्चनपुर, एभरेस्ट इन्टरनेसनल कलेज काठमाडौं, मोडेल क्याम्पस झापा, हिमालय दर्शन कलेज मोरङ, ज्ञानदीप कलेज दाङ, इटहरी नमुना कलेज, सुनसरी, ह्वाइट फिल्ड इन्टरनेसनल कलेज काठमाडौं, नेसनल कलेज काठमाडौं, लुम्बिनी एकेडेमी कलेज काठमाडौं, निम्स कलेज ललितपुर, नेस्फिल्ड इन्टरनेशनल कलेज काठमाडौं, कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी काठमाडौं र इन्टेन्सिभ इन्टरनेसनल कलेज ललितपुरसँगै देशका १२० भन्दा बढी कलेजमा यो कोर्ष पढाइ हुने गरेको छ ।

रोजगारीको अवसरहरु कस्ता छन् ?

बीसीए अध्ययन गरेका विद्यार्थीले विभिन्न आईटी कम्पनीहरूमा काम गर्न सक्छन् । बीसीए पढेपछि आईटी अफिसर, कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम म्यानेजर, कम्प्युटर सिस्टम स्पेसालिस्ट, नेटवर्क एन्ड कम्प्युटर सिस्टम एडमिनिस्ट्रेटर जस्ता क्षेत्रमा काम गर्न सक्ने बर्नहार्ट कलेजका बीसीए कोडिनेटर राम लाल महत्तो बताउँछन् ।

बीसीए अध्ययन गरेपछि महिनामा न्युनतम २० हजारदेखि ६० हजार रुपैयाँसम्म आम्दान गर्न सकिन्छ । यसका साथै उनीहरु आफै पनि आईटी कम्पनी खोलेर समेत काम गर्न सक्छन् । स्वदेशमा मात्र होइन विदेशमा पनि विद्यार्थीहरुको राम्रो स्कोप रहेको छ ।

कति लाग्छ शुल्क ?

यो कोर्ष पढ्नका लागि न्युनतम साढे ४ लाखदेखि ११ लाखसम्म लाग्ने गरेको गौतम बताउँछन् । तर, कलेज अनुसार शुल्क पनि फरक फरक हुनेछ ।

सम्बन्धित समाचार