कीवर्डहरू -

एग्री डिजी-टेक च्यालेन्जका लागि ८ वटा कम्पनी छनौट, एक्सिलेरेसन चरण सुरू

एग्री डिजी-टेक च्यालेन्जका लागि ८ वटा कम्पनी छनौट, एक्सिलेरेसन चरण सुरू

स्वीस विकास तथा सहयोग एजेन्सी (एसडीसी) को डिजिटल इन्नोभेसन फर ग्रोथ एन्ड इन्क्लुजन इन नेपाल (डिजि नेपाल) परियोजनाको सहयोगमा सञ्चालित एग्री डिजी-टेक च्यालेन्जको एक्सिलेरेसन गत १७ जनवरीदेखि सुरू भएको छ । 

यस एक्सिलेरेसन कार्यक्रममा ८ वटा कम्पनीहरू छनौट भएका छन् । एग्री डिजी-टेक च्यालेन्ज कार्यक्रम बीड म्यानेजमेन्ट र ट्याङ्जेन्ट वेभ्सले संयुक्त रूपमा कार्यान्वयन गरिरहेका छन् । 

एक वर्षसम्म सञ्चालन हुने यो पहलले कृषि र डिजिटल प्रविधि कम्पनीहरूलाई प्रभावकारी समाधानहरू विकास गर्न, ती समाधानहरूलाई व्यावसायिक मोडेलमा एकीकृत गर्न र नवाचारलाई परीक्षण गर्न मद्दत पुर्‍याउने छ। 

यस कार्यक्रमले सहभागी कम्पनीहरूको दिगो वृद्धि सुनिश्चित गर्न मात्रै होइन, नेपालको कृषि रूपान्तरणलाई प्रवर्द्धन गर्दै दीर्घकालीन विकास लक्ष्यमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

एक्सिलेरेसन कार्यक्रमका लागि एग्रो रेन्ज नेपाल, ई-ग्रो, घाम पावर, इन्फर्मेसन केयर, मुक्तिनाथ आई-टेक, आरभीएम कोल्ड, स्टोरी साइकल र टेक्की छनौट भएका छन् । 

यस कार्यक्रममा सहभागी कम्पनीहरूलाई एक्सिलेरेसन चरणभर व्यावसायिक तथा प्राविधिक प्रशिक्षण प्रदान गरिनेछ, जसले तिनीहरूलाई बजारका चुनौतीहरूसँग जुध्न सक्षम बनाउनेछ । कार्यक्रममा विभिन्न प्राविधिक विज्ञ र क्षेत्रगत विशेषज्ञहरूले प्रशिक्षण प्रदान गर्नेछन् ।